२०७८ कार्तिक १ सोमबार

विदेशबाट ४ लाख ६६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

काठमाडौं : को’भिड-१९ को सं’क्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता सरकारले सञ्चालन गरेको उद्दार तथा नियन्त्रीत संख्याको उडानबाट हालसम्म ४ लाख ६६ हजार ८

सय १ जना नेपाली नागरिक विभिन्न मुलुकबाट स्वदेश फर्केका छन् । को’भिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले असार ९ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपालीको उ’द्दार गरिएको जनाएको छ ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४२ हजार ३ सय ९१ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १० हजार १ सय ४८ जना नेपाल फर्केका छन् ।

नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ४९ हजार ३ सय ५२ जना तथा साउदी अरवबाट ४२ हजार ८ सय ७ जना नेपाली स्वादेश फर्किएका छन् ।

को’भिड-१९ को सं’क्रमण तिव्र भएर नियमित उडान अव’रुद्द भएयता कुवेतबाट २४ हजार २ सय ३ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १४ हजार ४ सय ७६ जना तथा जापानबाट १३ हजार ७ सय ६३ जना नेपाल आइपुगेका छन् ।

यसबीचमा भारतबाट ३८ हजार १७ जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ५ हजार ५ सय १४ जना नेपाली स्वदेश आइपुगेका छन् । यसबीचमा सवैभन्दा कम सोमालियाबाट एकजना, ट्यूनिसिया, अर्मेनिया र चेकगणतन्त्रबाट २ २ जना तथा अष्ट्रियाबाट ३ जना नेपाल फर्केको सिसिएमसीले जनाएको छ ।

२०७८ असार १०, बिहीबार २०:४७ गते 1 Minute 1293 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार