२०७८ आश्विन १३ बुधबार

बधाई ! रोनाल्डोले बनाए विश्व किर्तिमान ।

एजेन्सी : क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् ।

अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमानसँग रोनाल्डोले बराबरी गरेका छन् । अब एक गोल थपेमा उनले किर्तिमान भंग गर्नेछन् ।

सन् १९९३ देखि २००६ सम्म अली दाईले इरानका लागि १०९ गोल गरेका थिए । यो किर्तिमान १५ वर्षसम्म कसैले तोड्न सकेको थिएन ।

३६ वर्षीय रोनाल्डोले गएराति फ्रान्ससँगको खेलमा दुई गोल गरेर किर्तिमान बनाएका थिए । बराबरीसँगै गत युरो कपको विजेता पोर्चुगल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

२०७८ असार १०, बिहीबार २३:२८ गते 0 Minutes 374 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार