२०७८ आश्विन ६ बुधबार

दुबै डोज खोप नलगाएका श्रमिक अब यूएई छिर्न नपाउने, बिदामा आएका नेपाली श्रमिकलाई रोजगारी गुम्ने चिन्ता !

काठमाडौ : गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो ।

६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था सामान्य हुन्थ्यो भने यूएई फर्किसक्नुहुन्थ्यो । तर अहिले उहाँलाई काममा फर्कन समस्या भएको छ । रमेश घर आइपुग्नासाथ नेपालमा को’रोना महामा’रीको दोस्रो लहर सुरु भयो ।

सरकारले कोरो’ना सङ्क्र’मण रोकथामका लागि वैशाख २३ गते मध्ये रातिदेखि अन्तर्राष्ट्रिय उडानमा प्रति’बन्ध लगायो ।
सरकारले नेपाली आकाश खुलाउँदै केही सहज बनाउँदै लगेको छ । तर यूएई सरकारले भने कोरोना वि’रुद्धको दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिँदा समस्या सृजना भएको हो ।

रमेश यूएईको ट्रान्स गार्ड कम्पनीमा सेक्यु’रिटीको काम गर्नुहुन्छ । पाँच वर्षदेखि यही कम्पनीमा काम गरिरहनुभएका उहाँको काम र कमाई राम्रो छ ।

‘महामा’रीको यो समयमा पनि एक दिन मैले बिना काम बस्न परेन, कम्पनीमा मैले सोचेभन्दा राम्रो छ, तर अहिले खोपको कारण खाइपाई आएको जागिर गुमाउनु पर्ने हो कि भन्ने चिन्ता भएको छ,’ रमेश भन्नुहुन्छ । यूएईमा कम्पनीले क्याम्पमै नियमित स्वास्थ्य जाँचदेखि पी’सीआर परीक्षण पनि निःशुल्क गरिदिन्छ ।

रमेश यूएईमै छँदा कम्पनीले सबै श्रमिकलाई खोपको व्यवस्था पनि गरेको थियो । तर त्यो समयमा स्वास्थ्यमा समस्या देखिँदा उहाँले खोप लगाउन पाउनुभएन । पछि कम्पनीले बिदा दियो । दुवै डोज खोप लगाउने समय नहुँदा उहाँ खोप नलगाई नेपाल आउनुभयो ।

‘अवस्था अहिलेजस्तो थिएन, सामान्य नै भएकाले बिदाबाट आएपछि खोप लगाउला भनियो, अहिले भएको जागिर पनि खोपकै कारण जाने भयो,’ रमेश सरकारलाई अनुरोध गर्दै भन्नुहुन्छ,‘खोप दिन नसके पनि गन्तव्य देशका सरकारसँग कुरा गरेर हामीलाई विदेश जाने व्यवस्था मिलाइदेऊ, खोप उतै गएर लगाउँला ।’

सूर्य देवकोटा पनि नेपाल र दुबईबीच हुने उडान कुरेर बस्नुभएको छ । जतिसक्दो चाँडो यूएई नपुगे भिसा सकिँदै छ उहाँको । ‘मैले जतिसक्दो चाँडो यूएई पुग्न पर्नेछ, मेरो भिसाको अवधि सकिँदै छ,’ सूर्य भन्नुहुन्छ,‘नत्र मेरो जागिर गुम्ने छ, सरकार हामीलाई कुनै उपाय देऊ ।’-हाम्रो सन्देश

२०७८ असार ११, शुक्रबार ०१:०३ गते 1 Minute 517 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार