मंगलबार , साउन १९, २०७८

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकी कन्चन भन्छिन – अष्ट्रेलिया आएकोमा मलाई केही पछुतो छैन ।

असार ११, २०७८ शुक्रबार 478

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकी अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहेकी कन्चन अधिकारीको नेपालको घर भरतपुर हो।

कन्चन अष्ट्रेलिया आएको तीन वर्ष भयो। उनी भन्छिन – नेपालमा नर्सिङ्गको डिप्लोमा सकें। अनि नर्सिङ्ग पढ्नकै लागि यहाँ आएकी हूँ। अष्ट्रेलियामा हाल पढ्दैछु। अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीमा ब्याचलर लेभलमा पढ्छु।

मलाई त यहाँ आएर राम्रो लाग्यो। अष्ट्रेलिया आएकोमा कुनै पछुतो छैन। मलाई काम पाउन खासै गाह्रो भएन। नेपालमा भएको भए अझै पनि अरुमाथि निर्भर हुन्थें होला। यहाँ आएपछि आत्मनिर्भर बनेकी छु।

अरु त ठीक छ। तर यहाँ आएपछि महसुस भएको नराम्रो लाग्ने कुरा चाहिं, आफ्ना मान्छे पनि स्वार्थी हुँदारहेछन्। अष्ट्रेलियाको नेपाली समुदाय ठिकै लाग्छ।

अष्ट्रेलियामा रहँदा घरपरिवारको एकदमै धेरै याद आउँछ। नेपाल नै जान्छु जस्तो हुँदैन। घरमा आमा-बाबासंग पैसा मागेजस्तो सजिलो हुँदोरहेनछ जिन्दगी। जे गरेपनि आफै गर्नुपर्दो रहेछ। नेपालमा आफूले सोंचेजस्तो करियर पाउनुभएको छैन भने अष्ट्रेलिया आउँदा हुन्छ।

सुरुमा काम पाउन पनि गाह्रो हुन्छ, सबैकुरा गाह्रो हुन्छ। तर विस्तारै सबैकुरा मिल्दै जान्छ। अष्ट्रेलिया आएर छोराछोरी बिग्रिन्छन् भन्ने हुँदैन। नेपालमा बिग्रेका छोराछोरी यहाँ आएर सुध्रिएका पनि छन्। यहाँ आएपछि जिम्मेवारी महसुस हुन्छ।

प्रतिकृया दिनुहोस्