२०७८ कार्तिक ८ सोमबार

दु’र्घट’नामा परि बेलायतमा गलकोटका गौतमको नि’धन !

लन्डन : बेलायतको नटिङघम शहरमा साइकल दु’र्घटनामा एक नेपाली युवा सेफको नि’धन भएको छ ।गत जुन १८ तारिख शुक्रबार बिहान साइकल दु’र्घट्नामा ग’म्भीर घा’इते ३४

वर्षीय बद्री गौतमको आइतबार मृ’त्यु भएको गौतमका भिनाजु विष्णु चालिसेले नेपाली लिंकलाई बताए । गौतम गत १८ जुन २०२१ शुक्रबार बिहान ९ बजे भलिबल खेल्न निस्किएका थिए । तर, वर्षाका कारण भलिबल खेल्न नमिले पछि घर फर्कने

क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट प’ल्टिएका थिए ।
घ’ट्नापछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा आइतबार राती १० बजे नि’धन भएको हो ।

साइकलबाट प’ल्टिएर टाउकोमा ग’म्भीर चो’ट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राती १० बजे नि’धन भएको बताइएको छ ।

उनी तीन वर्षअघि साइकलबाटै लडेर टाउकोमा ग’म्भीर घा’इते भएपछि भेन्टिलेटरमा राखेर ३ महिना उपचार गरिएको चालिसेले बताए । त्यसपछि केही समय साइकल नचलाएका उनी केही दिनयतामात्र पुनः साइकल चलाउन थालेका थिए ।

नेपालको बाग्लुङ गल्कोट नगरपालिका बडागाउंमा ज’न्मिएका बद्री सन् २००९ फेब्रुअरीमा बेलायत आएका थिए । उनी केही वर्षदेखि सेफका रुपमा कार्यरत थिए ।अत्यन्तै अ’प्रत्यासित दु’र्घटनाले परिवारमा एक्लो छोरा बद्री गौतमका ७५ वर्षीय बुवा थानिश्वर गौतम विक्षिप्त बनेको न’टिङघम नेपाली समाजका

पूर्व अध्यक्ष एवं हाल एनआरएनए यूके सल्लाहकार तथा संघसंस्था समन्वय विभागका सदस्य सचिव विष्णु चालिसेले नेपाली लिंकलाई बताए । ७ दिदी बहिनीका एक्ला भाई गौतमले दुई वर्ष अघिमात्र आमा गु’माएका थिए ।उनको सन् २०१५ मा बुटबल निवासी सरिता ज्ञवालीसंग बिहे भएको थियो ।

उनकी श्रीमति संगै थिइन् तर उनीहरुका सन्तान भइसकेको थिएन ।उनी भलिबलमा अत्यन्तै रुचि राख्थे । न’टिङघमको मेलवन पार्कमा सन् २०१७ देखि उनकै पहलमा हरेक समर सिजनमा नेपालकै झल्को मेटिने गरि भलिवल खेल्न थालिएको थियो ।

नेपाली समाज न’टिंघमका आजीवन सदस्य गौतम गल्कोट समाज यूकेमा पनि कार्यसमिति सदस्य थिए । उनको अ’न्त्ये’ष्टी यही शनिबार ११ बजे गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष दीपक सापकोटाले जनाए ।

२०७८ असार ११, शुक्रबार १६:४७ गते 1 Minute 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार