बिहिबार , साउन २१, २०७८

अवैध बाटो हुदै गएर अल-पत्र परेका ११ सय जति महिला, बालबालिकाको उ’द्धार ।

असार ११, २०७८ शुक्रबार 221

काठमाडौँ : सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धा’र गरेको छ । गैरकानुनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानुन उल्लंघनको मु’ द्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो ।

एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । उनीहरुलाई स्वास्थ्य सेवाको सुरक्षित मापद’ण्ड अनुसार माइती नेपालमा आश्रय दिइएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महिलामन्त्री लीलानाथ श्रेष्ठले भने, ‘खला सिमानाको कारण मानव बे’चविखन भइरहेको छ । पहिलो प्राथमिकता भनेको उद्धा’र र पुन:स्थापना नै हो । यो अपराधिक गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गरिनेछ ।’

महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाका अनुसार उनीहरुलाई टिकट तथा व्यवस्थापन खर्च सरकारले बेहोरेको छ । ‘चेतनाको अ’भाव, गरिबी, रोजगारीको अभा’व, देखासिखीका कारण अवैध बाटो भएर महिलाहरु विदेश पुगेर अलपत्र पर्ने गरेका छन्,’ सचिव खतिवडाले भनिन् ।

मन्त्रालयले मानव बे’चवि’खन तथा ओसा’रपसार निय’न्त्रण, बेच’विखनमा परेकाहरु उ’द्धार पुन:स्थापना र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ । यसका लागि महिला मन्त्रालयले १० वटा पुन:स्थापना केन्द्र सञ्चालन गरेको छ ।

पुन:स्थापना केन्द्रमा आर्थिक सशक्तिकरणका लागि जिविकोपार्जनका तालिम प्रदान गरिन्छ । चालु आर्थिक वर्षमा मात्रै भारत लगायत तेस्रो मुलुकमा अवैध बाटोबाट गएर अ’लपत्र परेका ११ सय जति महिला, बालबालिकालाई उ’द्धार गरिएको मन्त्रालयको तथ्यांक छ ।-इन्जिनियर खबर

प्रतिकृया दिनुहोस्