२०७८ कार्तिक १ सोमबार

अभिनेत्री सन्ध्या केसीले गरिन् विवाह ।

अभिनेत्री तथा भिजे सन्ध्या केसीले इंगेजमेन्ट गरेको जानकारी गराएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा हुनेवाला दुलाहाको फोटो राख्दै सन्ध्याले इंगेजमेन्ट गरेको जानकारी गराएकी हुन् ।

सन्ध्याले इंगेजमेन्टको रिंगसहितको फोटो राख्दै आफूले आभूषण ज्योति कंसाकारसँग जिन्दगी बिताउने निर्णय गरेको बताएकी छिन् ।‘म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गरिरहेकी छु ।

धार्मिक रुपमा हामीले शपथ लिन बाँकी छ जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह तथा आशीवार्द चाहान्छौं,’उनले फेसबुकमा लेखेकी छिन् ।इमेज च्यानलमा भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्याले अनमोल केसीको फिल्म ‘ड्रिम्स’बाट डेब्यू गरेकी थिइन् ।

थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी सन्ध्याले ‘कथा काठमाडौं’, ‘कमलेको बिहे’ आदि फिल्ममा अभिनय गरेकी छिन् । सन्ध्याको नाम कार्पेट व्यवसायी दर्शन भट्टराईसँग जोडिएको थियो । छोटो समय चलेको दुवैको रोमान्स ६ महिना नपुग्दै सकिएको थियो ।

२०७८ असार ११, शुक्रबार २२:२१ गते 0 Minutes 507 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार