२०७८ आश्विन १ शुक्रबार

खुशीको खबर : जुन २८ तारिख बाट साउदीमा उडान सुरु हुँदै ।

काठमाडौ : नेपाल सरकारले साउदीको लागी जुन २८ तारिखबाट उडान तालिका बनाएको छ । नेपाल सरकारबाट जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक आएको छ ।

यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ भने २५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । सोहि दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ ।

२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यहि दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ यहि दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ ।

जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ । २८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ ।
कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ ।

सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ । फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका बनाइएको छ ।

२०७८ असार ११, शुक्रबार २२:५७ गते 0 Minutes 369 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार