मंगलबार , साउन १९, २०७८

एउटा ‘फु’च्चे’ देश यसरी बन्यो फुटबलको महाशक्ति, के सिक्न सक्छ नेपाल?

असार १२, २०७८ शनिबार 511

काठमाडौ : खेलकुदको दुनियाँमा यो ठूलो उपलब्धिमध्येको एक हो । यस ग्रहकै सबैभन्दा लोकप्रिय खेलमा कसरी एउटा सानो देश पहिलो व’रीयताको टोली बन्यो ? मात्र १ करोड १० लाख जनसङ्ख्या भएको, फ्रान्स र जर्मनीले घेरिएको पश्चिम

युरोपेली राष्ट्र बेल्जियम फिफा वरीयतामा सन् २०१५ मा पहिलो पटक शीर्ष स्थानमा पुगेको थियो । सन् २०१८ देखि निरन्तर शीर्षमै छ । विश्व फुटबलमा आफ्नो प्रभुत्वलाई सही ठहर गर्नका लागि आगामी १८ महिनामा एउटा ठूलो उपाधि जित्ने आशा बेल्जियमले राखेको छ ।

तर, यदि युरोपेली च्याम्पि’यनसीप वा २०२२ को विश्वकप जित्न नसके पनि उसको टिमका अन्तर्राष्ट्रिय सुपरस्टारहरूलाई देखेर सबै ठाउँका फुटबल प्रशासकहरूले ई¥र्ष्या नै गर्नेछन् ।
निरा’शाको खाडलमा पुगेपछि बे’ल्जियमको यो यात्रा सुरु भएको थियो । सन् २००० को युरोपियन च्या’म्पियनसिप आयोजना गरेको बेल्जियमको खुसी त्यतिबेला पी’डामा परिणत भयो ।

जब उनीहरू प्रतियोगिताको समूह चरणबाटै बाहिरिए । किङ बाउडोविन रङ्गशालामा प्रतियोगिताको उद्घा’टनमा हजारौँ सेतो बेलुन उडाइएको थियो । नौ दिनपछि त्यही रङ्गशालाभित्र पानीका फोकाहरू झरे ।

ब्रसेल्सका त्यस साँझ हाकन सुकरले दुई गोल गरेपछि टर्कीले बेल्जियमलाई २-० ले हरायो । पहिलो गोल गोलकिपर फिलिप डी वाइल्डीको गल्तीका कारण भएको थियो । यस घट’नापछि बेल्जियन फुटबल सङ्घका वरिष्ठ व्यक्तित्वहरू आफ्नो सम्पूर्ण फुटबल रणनीतिको जरा र हाँगाबारे समीक्षा गर्न बाध्य बने ।

यो समय मिचेल साब्लोन राष्ट्रिय टोलीका प्राविधिक निर्देशक थिए । उनका अनुसार प्रतियोगिताको आयोजना निकै सफल रह्यो । तर मैदानभित्रको नतिजा ‘खेलाडीका लागि राम्रो थिएन । क्लबका लागि राम्रो थिएन । राष्ट्रिय टिमका लागि राम्रो थिएन,’ उनले भने, ‘यो साँच्चै निरश थियो ।’

युरो २००० दुईवटा टिमका लागि टर्निङ प्वाइन्ट बनेर आएको थियो । जर्मनी पनि समूह चरणबाटै बा’हिरिएको थियो । इङ्ल्यान्डसँग पनि पराजित भयो । त्यसपछि उनीहरूले आफ्नो फुटबल दर्शनको समीक्षा गरे । त्यो पुनर्जन्म थियो, जसले १४ वर्षपछि विश्वकप फुटबल ल्याइदियो । बेल्जियम पनि यस्तै परिवर्तनबाट गु’ज्रँदै थियो ।

साब्लनले आफ्नो देशमा फुटबलका लागि नयाँ भिजन पहिचान गर्न धेरै समय खेर फालेनन् । ‘हामीले शनिबार र आइतबार बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म यसका लागि गृहकार्य गर्‍यौँ । हामीले सेतो कागजको टु’क्राबाट यसको थालनी ग¥र्‍यौँ र पूरै कुरा शुरुवातबाट विकास ग¥र्‍यौँ ।’

सुधारको कुनै मौका बाँकी राखिएन । युवा खेलाडीहरूको अनुसन्धानमा सहयोग गर्न चारवटा विश्वविद्यालयहरूलाई यस परियोजनामा परिचालन गरिएको थियो । उनीहरूले फाइभ ए साइडदेखि एट–ए–साइड गेमबाट पनि युवा खेलाडीहरू खोज्न थाले ।

अनु’सन्धान विस्तृत थियो । उदाहरणका लागि खेलाडीले उत्कृष्ट खेल्ने समय हो भन्ने पनि पहिल्यै नि’र्क्यौल गरिएको हुन्छ, जस्तो बालकहरूका लागि आइतबार बिहान ९ बजे उत्कृष्ट समय हुनसक्छ । यी विश्वविद्यालयहरूले १५ सयवटा युथ गेमको तथ्याङ्कलाई सङ्कलन गरे । त्यसपछि फुटबल खेलका ७० वटा क्लबहरूसँग सहकार्य गरे ।

अनि क्लबहरूमा झन्डै १ वर्ष लगाएर यी तथ्याङ्कहरूलाई १ सय २० पल्ट प्रस्तुत गरे । परम्परागत र कडा रक्षा पङ्क्ति’सहितको ४–४–२ फ’र्म्याटको साटो थप लचिलो र आ,क्रामक ४–३–३ फर’म्याट लागू गरियो । यो फर्म्याटले खेलाडीहरूलाई बलप्रति थप जि’म्मेवारी हुन बा’ध्य बनायो ।

यो महत्त्वाकाङ्क्षी योजना थियो । फरक शैलीको यो फुटबल कार्यक्रम बेल्जियमका लागि दबाबको भारी नभएर सहयोग सिद्ध भइदियो । केवल दुई दर्जन व्यावसायिक फुटबल क्लब रहेको देशमा एउटै लयमा गाउन सबैलाई केही सहज थियो । किनकि यो देशले कुनै ठूलो उपलब्धि हासिल गरेको थिएन, जसकारण तत्कालै लगानी फिर्ता गर्नुपर्ने द’बाब कम थियो र प्रयासका लागि धेरै स्व’तन्त्रता थियो ।

देशका सबै क्लबलाई यो योजनाअन्तर्गत ल्याइयो । त्यहाँ केही समस्याहरू भने थिए । तर यो योजनालाई कायम राखिनेछ र सबै ठीक हुनेछ भन्ने विश्वास सा’ब्लोनलाई थियो । ‘मलाई याद छ, हामी यस्तो सुधारपछि पहिलो पटक फ्रान्सको यु–१७ टोलीसँग भिडेका थियौँ र ७–१ ले हार्यौँ । त्यतिबेला धेरै प्रतिक्रियाहरू आए ।

क’ठिनाइ अर्को वर्ष त्यही उमेर समूहमा हामीले फ्रान्सलाई दबा’बमा राख्यौँ र खेल जित्यौँ,’ साब्लोनले भने, ‘यसले समय लियो । तर मेरो बुझाइमा गाह्रो कुरा भनेकै सुधारको यो यात्रा थाल्ने भनेर निर्णय लिनु थियो ।

यस समय वरपर युवा खेलाडी रोमेलु लुकाकु, इडेन हाजार्ड र के-भिड डी ब्रु’याले क्रमशः ८, १० र १० वर्षका थिए । उनीहरूलाई कसैले त्यतिबेला चिनेका थिएनन् तर यी खेलाडी र यस पुस्ताका अन्य खेलाडीहरूले चाँडै करियरको त्यस्तो उडान भर्नेवाला थिए, जसले विश्व फुटबलमै त’हल्का म’च्चाउने थियो ।-बझाङ न्युज

प्रतिकृया दिनुहोस्