२०७८ आश्विन ६ बुधबार

अभियान्ता बोगटीको पहलमा हाम्रो टिम नेपालद्वारा डोटिको एक अ’पाङ्ग परिवारलाई खाद्यान्न सहयोग ।

डोटि : सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुवर को पहलमा हाम्रो टिम नेपालले डोटिको पुर्बिचौकी गा पा ५ को एक अ’पाङ्ग परिवार लाई खाद्यान्न सहयोग गरेको छ।

आर्थिक स्थिति कम’जोर ,साथमै अपा’ङ्ग भएर गाउँमा आफुलाई खाने गाँस माग्दै हिडेको बिजोग अबस्थालाई हेर्न नसकेर हाम्रो टिम नेपाल र यु के निवासी तिला कुमारी ले उक्त अपाङ्ग परिवारलाई सहयोग गरेको बोगटिले बताईन।

करिब पन्ध्र हजार रुपैयाँ बराबर को खाद्यान्न , लत्ता कपडा र जुता चप्पल सहयोग गरिएको हो। ‘म अहिले आफ्नो माईतिघर डोटिमा छु माईतिघर मा भेट्ने क्रममा एक अपांग आमा नाबालक छोरा छोरी सहित खाने गाँस माग्दै हिडेको देखेर सहन सकेन ,’दैनिक जीवन ड्ट कम सँग उनले भनिन

यो अवस्था हेर्दा मनले मानेन अनि फेसबुकमा राखे सहयोगी मनहरुले दिल खोलेर सहयोग गरिदिनु भयो माईतिगाउँ मा सहयोग गर्न पाउँदा एक दमै खुशी छु।

आगामी दिनमा पनि आफ्नो नि’रन्तर पहल र सहयोग जारी रहने उनले बताइन् साथै सबै सहयोगी मनहरुलाई धन्यवाद समेत दिएकी छ्न।उनलाई सहकार्य, सहयोग भने विदेशमा रहेका नेपालीहरूले गरिरहेका छन् ।-दैनिक जीवन

२०७८ असार १२, शनिबार ०१:२९ गते 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार