मंगलबार , साउन १९, २०७८

प्रधानमन्त्री ओलि भन्नुहुन्छ : राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक !

असार १२, २०७८ शनिबार 272

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्र’वादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गा’लीग’लौज गर्ने कार्यमा सक्रिय भएको भन्दै अस’न्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैर’भाव राख्ने र समाजलाई अम’र्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गा’ली गर्न र चिर्थो’र्ने कार्यमा अग्र’सर भइरहेको आ’रोप लगाए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा चल्नु दु’र्भाग्यपूर्ण र खे’दजनक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने क’म्पिटिसन चलेको छ ।

जसले राष्ट्रपतिलाई गा’ली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।’ प्रधानमन्त्री ओलीले केही भुतपू¥र्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गा’ली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आप’त्तिजनक भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षे’प हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्