२०७८ आश्विन १ शुक्रबार

बिधुत प्राधिकरण भन्छ – १३ देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने ।

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौ’ती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय

गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ ।

सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि बिद्युत कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार बिद्युत आ’पूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म बिद्युत क’टौती कम गर्ने प्रयासमा रहेको प्राधिकरणले जनाएको छ ।

२०७८ असार १२, शनिबार १४:४९ गते 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार