२०७८ आश्विन २ शनिबार

आफ्नो चरित्र ह’त्या गरेको भन्दै रुपाले दिइन ९ अनलाइनविरु’द्ध प्रेस काउन्सिलमा उजुरी ।

काठमाडौं : सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने ९ वटा अनलाइनविरु’द्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइन पोर्टलहरुले विभिन्न जातजाति, धर्म, वा

सम्प्रदायबीच सुसम्बन्धमा खलल पु¥र्याएको र आफ्नो च’रित्र ह’त्या गरेर समग्र समुदायमाथि नै हिं’सा गरेको भन्दै सा’इबर अ’पराधअन्तर्गत का’रबाहीका लागि प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् ।

जातीय दूव्र्य’वहार भए पछि वि’रोधमा उत्रिदा उनीमाथि ती अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रा’मक समाचार लेखेको उनले भनेकी छन् । नेपाल पाना अनलाइनले उनीमाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपियाँ खाएको आ’रोप लगाएको छ ।

रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया

डटकम र नेपाल पहरा डटकमविरु’द्ध प्रेस काउन्सि’लमा लिखित उ’जुरी दिएका छन् । उनले उजुरीमा लेखेकी छन्, ‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पु¥र्‍याउने र जातीय छु’वाछुत एवं लैंगिक भेदभा’वलाई दुरु’त्साहन गर्ने कार्य खुल्लमखुला गरेको समेत देखिन्छ ।

मेरो चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिं’सा गरेको हुनाले ती अनलाइनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै ती अनलाइनर्लाइ साइबर अपराध कसुरअन्तर्गत का’रबाहीका लागि सिफारिस गरिदिनु हुन यो निवेदन पेस गर्दछु।’

काठमाडौंको बबरमहलमा भाडामा बस्नका लागि कोठा खोज्ने क्रममा उनीमाथि घरबेटी सरस्वती प्रधानले जातीय वि’भेद गरेपछि उनी न्याय माग्दै आइरहेका छन् । यहीँ क्रममा ती अनलाइन पोर्टहरुले आफ्नो च’रित्र ह’त्या गर्न भ्राम’क समाचार फैलाएको भन्दै काउन्सिलमा उजु’री दिएकी छन् ।

२०७८ असार १२, शनिबार १५:२४ गते 1 Minute 474 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार