२०७८ आश्विन ५ मंगलवार

मेलम्चीमा फेरी बाढीको वि’तण्डा, तीन तले घर ब’गायो ।

काठमाडौं : असार १ गते आएको बाढीले क्षत विक्षत भएको मेलम्ची बासिका लागि अर्को आ’पत आइलागेको छ । मेलम्चीको मुहान भ्रो’मथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि लेदो माटो ब’गेर आइरहेको छ ।

त्यही लेदोका कारण आज मेलम्ची नगरपालिका वडा नं. ११ मा रहेको गोपाल दुलालको तीनतले घर बगाएको छ ।सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको हो । अविरल वर्षापछि असार

१ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जो’गिएको उक्त घर निरन्तरको वर्षा र क’टानका कारण मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए। राईका अनुसार मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको तीन तले घर नदी कटानको कारणले ढ’लेको हो।

यसअघि अहिलेसम्म मेलम्चीमा कुनै पनि व्यक्तिको घर ढ’लेको थिएन। प्रहरीका अनुसार गोपालका परिवार अन्तै कोठा लिएर बसेकाले सबै सुरक्षित छन्।

असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृ’त्यु भएको छ, दर्जनौ बे’पत्ता भएका छन्। त्यस्तै ४०० भन्दा बढी घर बि’स्थापित भएका छन्। निरन्तर वर्षाको कारण नदीमा पानीको ब’हाब ब’ढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सु’रक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।

मेलम्ची र इन्द्रावती नदी त’ट र तल्लो भेगका खोला किनारामा रहने लाई सु’रक्षित रहन अनुरोध गरिएको छ ।अहिले मेलम्ची, इन्द्रावती नदीको दुवैतर्फ तटबन्द बनाउन त सुरु गरिएको छ । तर, अविरल वर्षात्का कारण कटानमा कमी नआएको स्थानीयले बताएका छन् ।

२०७८ असार १२, शनिबार २०:०६ गते 0 Minutes 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार