२०७८ आश्विन २ शनिबार

रवी लामिछानेको टिभीमा महावीर पुनले यस्तो ‘आविष्कार’ कार्यक्रम चलाउने !

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । रवी लामिछाने सहितको टीमले गोरखा मिडिया नेटवर्क अन्तरगत

नेपालकै पहिलो फोरके टेलिभिजन ग्यालेक्सी फोरके टिभी प्रसारण गर्ने जानकारी दिएको छ ।नक्सालको होटेल मेरियटमा आयोजित एक कार्यक्रममा ग्या’लेक्सी फो’रके टिभीको घोषणा गरिएको हो ।

उनले सञ्चालन गर्ने कार्यक्रम ‘आविष्कार’ रहेको छ । महावीर पुनको कार्यक्रम घोषणा गरिएता पनि कहिले देखि सुरू हुने भन्ने बताइएको छैन । ग्यालेक्सि फोर केमा वक्ता रमेश प्रसाई तथा कवि नवराज पराजुलिले पनि कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

रवी लामिछाने सहितको टीमले गोरखा मिडिया नेटवर्क अन्तरगत नेपालकै पहिलो फोरके टेलि भिजन ग्यालेक्सी फोरके टिभी प्रसारण गर्ने जानकारी दिएको छ।

ग्यालेक्सी टेलिभिजनबाट रामायण, को बन्छ करोडपति, क्राइम पेट्रोल, सारेगामाप लिटिल च्याम्स, लाल मोहर, फरइभर, सिधाकुरा, द लिडर लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।

२०७७ फाल्गुन १६, आईतवार ०५:३३ गते 0 Minutes 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार