२०७८ आश्विन ६ बुधबार

निषे-धाज्ञा एक साता थप गर्ने तयारी, सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने ।

काठमाडौं : बैशाख १६ देखि उपत्यकामा जारी निषे’धाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषे’धाज्ञा खुकुलो पारिए पनि कोरो’ना भा’इरस संक्र’मण दर नघटेको निष्कर्ष

निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषे’धाज्ञा लम्ब्याउने तयारी गरेका हुन् । आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधा’ज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई क’डाइ

र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् । उनका अनुसार उपत्यकामा को’रोना सं’क्रमण दर घ’टिनसकेको र अहिल्यै नि’षेधाज्ञा खोलिए अवस्था भय’वह हुन सक्ने र थप एक साता भने निषे’धाज्ञा थप गर्ने अनौ’पचारिक निर्णय भएको छ ।

आइतबार तीनै सीडीओको संयुक्त बैठकले निषे’धाज्ञा लम्ब्या’उने निर्णय गर्ने पनि उनले बताए । अहिले निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् ।

यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरुलाई दिनहुँ यातायात व्यवसायीको माग आइरहेको पनि उनले बताए । उनका अनुसार सार्वजनिक यातायात सञ्चालनबारे तत्काल खुला गर्ने तीनै जिल्लाको योजना छैन । तैपनि, आइतबारको बैठकले सं’क्रमण दरलाई नियालेर निर्णय लिने उनले बताए ।

यता, काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञा लम्बिने तर, सार्वजनिक यातायात भने तत्काल सञ्चालनमा नल्याइने बताएका छन् । उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गरेर जनजीवन सरल बनाउनु आफूहरु तयार रहे पनि को’रोना संक्र’मण दर न्यून नभएका कारण हतार नगरिने उनले बताए । सार्वजनिक यातायात सञ्चालनबारे स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर निर्णय गरिने पनि उनले बताएका छन् ।

२०७८ असार १२, शनिबार २३:४३ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार