२०७८ आश्विन १३ बुधबार

ब्रेकिङ : यूएई उडान जुलाई २१ सम्म रोकियो ।

काठमाडौँ : यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरो’ना महामा’री बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो ।

युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभा’वित भएका छन् ।

युएईले नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको हो । युएईले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेकोमा उक्त मितिलाई दुई साता लम्ब्याएर जुलाई २१ सम्म सारेको छ ।

यूएईले नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, कंगोली, युगान्डाली, लाइबेरियाली, नामिबियाली, सिएरालिओनी, जाम्बियाली, भियतनामी, नाइजेरियाली र दक्षिण अफ्रिकी गरी १३ देशका नागरिकलाई जुलाई २१ ( साउन ६ ) सम्म प्रवेश रोकेको छ ।

तर चार्टर जहाज र कार्गो विमान भने उड्न पाउनेछन् । त्यस्तै दुवै डोज खोप लगाएका नेपालीले भने प्रवेश पाउनेछन् । अहिले नेपालबाट युएई एकतर्फी उडान शुरु भएको छ । जसले महामारीका कारण यूएईमा रोकिएका, अलप’त्र परेका श्रमिकलाई उ’द्धार गर्छ ।

२०७८ असार १३, आईतवार १०:२० गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार