२०७८ आश्विन २ शनिबार

रुपा सुनारको विषयमा अफ’वाह फैलाएर समाचार लेख्ने ६ अनलाइन बन्द ।

काठमाडौं : प्रेस काउन्सिल नेपालले अफ’वाह फैलाएर रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी समाचार लेख्ने ६ अनलाइन बन्द गर्ने भएको छ ।

रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी वि’वादका विषयमा अफवाह फैलाएर समाचार लेख्ने खबरमाला डटकम, कालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम र साझा

मिडिया डटकम अनलाइन बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रेस काउन्सिलले आज पत्र पठाएको हो ।
यी अनलाइनले सुनारलाई युरोपियन युनियन (इयु) बाट रु डेढ करोड खाएको जस्ता लाञ्छना लगाएका थिए । यही असार १ गते कोठा भाडामा लिन जाँदा काठमाडौँको बबरमहलस्थित

घरधनी प्रधानले सुनारलाई जात थाहा पाएपछि कोठा दिन अस्विकार गरेको दा’वीसहितत रुपाले जाहेरी दिएका थिए । तीन दिन हिरासतमा रहेकी प्रधान हाल रिहा भइसकेका छन् ।

रुपाले आफूलाई जातीय द्व’न्द्व फैलाउन युरो’पियन युनियनबाट उचालिएका जस्ता भ्रामक समाचार लेखेर जाती’य भे’दभाव र छु’वाछूतलाई दुरु’त्साहन गर्ने कार्य गरेको भन्दै ती अनलाइनवि’रुद्ध काउ”न्सिलमा उ’जुरी दिएका थिए ।

२०७८ असार १५, मंगलवार २३:४२ गते 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार