२०७८ आश्विन ६ बुधबार

मनाङको नासोमा बाढीप’हिरोबाट एक अर्बको क्षति !

मनाङ : अविरल वर्षासँगैको बाढीप’हिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्ष’ति भएको छ ।

गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीप’हिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्ष’ति भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा रु ८३ करोड ६५ लाख बराबरको क्ष’ति भएको छ । नासोँ क्षेत्रभित्र रहेका क’च्ची तथा पक्की गरी सडकमा मात्र सो रकम बराबरको क्ष’ति भएको सूचना अधिकारी रानाभाटलले बताए ।

बाढीपहिरोबाट गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्ष’ति भएको छ । यहाँका सात पुलमध्ये चार वटा पुल बाढीले बगाएको र तीन वटा पुलमात्र मर्मत गर्न सकिने अवस्थामा रहेको पालिकाले जनाएको छ ।

पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्ष’ति भएको छ । तीनवटा जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको सूचना अधिकारी रानाभाटले बताए । यस्तै रु तीन लाख बराबरको एउटा मोटरसाइकल पनि बाढीले बगाएर लगेको बताइएको छ ।

यही असार ४ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । पालिकाको वडा नं २ बाहेक सबै वडामा बाढीले ठूलो क्ष’ति पु¥याएको छ ।

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७, ८ र ९ वडा पूर्णरूपमा बाढीपहि’राबाट क्ष’ति भएका छन् । वडा नं ३ मा सबैभन्दा धेरै भौतिक संरचनामा क्षति पु¥याएको छ । अध्यक्ष घलेका अनुसार वडा नं १ को ताल गाउँ अहिले बगरमा परिण’त भएको छ । मस्र्याङ्दीमा उर्लिएको बा’ढीले मनाङका विभिन्न स्थानमा ठूलो क्ष’ति पु¥याएको छ ।

२०७८ असार १९, शनिबार ००:५३ गते 1 Minute 226 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार