२०७८ आश्विन १३ बुधबार

वैदेशिक रोजगार नगुमोस् भनेर चीनबाट ल्याइएको खो प दिएर श्रमिकलाई विदेश पठाइने ।

काठमाडौं : वैदेशिक रोजगार नगुमोस् भनेर वैदेशिक रोजगारीमा जान चाहनेलाई चीनबाट ल्याइएको को’भिडविरु’द्धको खो’प दिएर पठाउन लागिएको छ ।

रोजगार गन्तव्य मुलुकले खो’प अनिवार्य गरेपछि जान चाहेका कामदारलाई प्राथमिकिकरणमा राखि रोजगारीमा पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट खरिद गरी ल्याएको खोप वैदेशिक रोजगारीमा जान चाहेकालाई विशेष प्राथमिकतामा राखेर पठाइनेछ । यससँगै ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई पनि चीनबाट ल्याइएको खो’प दिएर विदेश पठाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउदा भिसा र पासपोर्टको आधारमा खो’प लगाइने मन्त्रालयले जनाएको छ । रोजगार गुम्न सक्ने अवस्थालाई पनि मध्यनजर गर्दै खो’प लगाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको परामर्शबमोजिम वैदेशिक रोजगारमा जान चाहनेलाई खोप लगाउने भइएको हो ।

हाल खो’प लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान नपाएको बताइएको छ । तर, अबको खो’प कार्यक्रम रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

२०७८ असार २५, शुक्रबार २०:३२ गते 1 Minute 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार