शनिबार , जेठ २९, २०७८

नेपालीहरुका लागि अब मलेसियाको श्रम थप सुरक्षित !

फागुण २०, २०७७ बिहिबार 625

बिराटनगर : वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको श्रम सुरक्षाका लागि नेपाल र मलेसियाबीच मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा

सहभागी गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो हस्ताक्षरले मलेसियामा रहेका नेपाली श्रमिकको श्रम सुरक्षा सुनिश्चित हुनेछ । मलेसियामा रहेको नेपाली दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौ’दामाथि विभिन्न चर’णमा

छलफल पश्चात तयार भएको अन्तिम मस्यौदा माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वी’कृति प्रदान गरेको थियो ।
समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन अन्तर्गत गठन भएको संस्था हो । अहिलेसम्म लगभग ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध
भैइसकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

संस्थामा आवबद्ध हुन मलेसियाको रोजगारदाताले श्रमिकले उसले पाउने मासिक तलबको १ दशमलव २५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्छ ।

मलेसियाको सामाजिक सुरक्षा संस्थामा आवद्ध भएका विदेशी श्रमिकले ‘इम्प्लो’इमेन्ट इन्जु\री स्किम फर फरेन वर्कर’ नामको योजनामा सहभागी हुन पाउँछन् ।

यो योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लागेमा त्यसबापत तोकिएको क्षतिपू’र्ति पाउने छन् । यसैगरी मृ’त्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको देशमा दा’हसं\स्कार गर्दा तोकिए बमोजिमको अन्त्ये’ष्टि खर्चसमेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

नेपालको तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृत दातो श्री डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका हुन् ।

कोरोना महामारीको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गर्दै समझदारी पत्रको आदान’प्रदानमार्फत गएको ४ गते काठमाण्डौमा र १४ गते मलेसियामा हस्ताक्षर भएको हो । -नेपाल टाइम्स

प्रतिकृया दिनुहोस्