२०७८ आश्विन ४ सोमबार

जसले ३७ हजार नगद सहित एक तोला सुन भेटेर फिर्ता गरिदिए !

दाङ : मान्छेहरु लगेको सामान फिर्ता गर्न आनाकानी गर्छन ।तर एक इमान्दार व्यक्तिले आफ्नो इमान्दारिता देखाएर सम्मान पाएका छन ।

दाङमा अटोमा छुटेको झोला प्रहरी कार्यालयमा बुझाउने अटो चालकलाई सम्मान गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनु्सार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा

नम्वर ७ बस्ने ३० बर्षिया मतिकला बुढाको शुक्रवार घोराही १३ बसपार्क देखी तुलसीपुरचोक सम्म जादै गर्दा रा १ ह २१५३ नम्वरको अटोमा छुटेको झोला अटो चालकले प्रहरी कार्यालयमा बु’झाएको भन्दै सम्मान गरिएको हो ।

झोला भित्र ३७ हजार नगद सहित एक तोला सुन रहेको थियो । उक्त झोला प्रहरी कार्यालयमा बु’झाउने अटो चालक घोराही १३ बस्ने २९ बर्षिय रामप्रसाद झाँ’क्रिमगरलाई सम्मान गरिएको प्रहरीले बताएको छ ।

थप समाचार : घोराही उपमहानगरपालिका १७ क्वा’डिमा घरको गारो भ’त्किएर मृ’त्यु भएकी तीन महिनाकी विनु चौधरीको परिवारलाई सरकारले सवा २ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।जिल्ला वि’पद् व्यवस्थापन समितिको तर्फबाट २ लाख र घोराही उपमहानगरपालिकाको

तर्फबाट २५ हजार गरी २ लाख २५ हजार रुपैयाँ पि’डित परिवालाई उपलब्ध गराईएको हो । घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, प्रहरी प्रमुख एसपी सुरेश काफ्ले सहित जनप्रतिनिध र पत्रकारहरुको उपस्थितीमा दि’बंगत विनुकी बुवा आशाराम चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

घ’टनामा परि आशारामकी श्रीमती र छोरी घा’ईते भएको र उनीहरुको नि’शुल्क उपचार गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए । यस्ता वि’पद्का घटनामा परि दि’बंगत हुने परिवारलाई सरकारले तो’केको आर्थिक सहायता उपलब्ध गराएको र घा’ईतेको उपचार खर्च सरकारले व्य’होर्ने उनले बताए ।

२०७८ असार २६, शनिबार २१:०२ गते 1 Minute 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार