२०७८ आश्विन १ शुक्रबार

माधव नेपाललाई भेटेर प्रचण्डले सुझाव दिए- ‘हाम्रो साथ नछाड्नुहोस्, ओलीबाट धोका पाउनुहुन्छ ।

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरि सुझाव दिएका छन् ।

शनिबार नेपालको निवास कोटेश्वर पुगेका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग धोका पाउने भएकाले आफूहरुको साथ नछाड्न सुझाव दिएका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले भने, ‘ओलीजी विश्वासयोग्य नेता होइन। जतिबेला पनि धोका हुन सक्छ। यसमा चाहिँ ख्याल गर्नुस् । त्यसैले ओलीजीबाट तपाईंहरूलाई फेरि धोका हुन सक्छ, त्यसैले हाम्रो साथ नछोड्नुहोस्।’

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनबाट यताउता नलाग्न समेत नेता नेपाललाई आग्रह गरेका छन्। सबै कुरा सुनेपछि नेता नेपालले आफू निकटका नेताहरूसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएका छन् ।

दुई भागमा विभाजित एमालेलाई एकता गर्न गठित कार्यदलले शुक्रबार सात घन्टाभन्दा लामो छलफल गरी एकताको सहमतिको विन्दुमा पुगेको संकेत दिएको भोलिपल्टै नेता नेपाललाई अध्यक्ष प्रचण्डले भेटेका छन् । अध्यक्ष ओलीले चतुर्याई गर्न लागेको सूचना लिएर पुगेका अध्यक्ष प्रचण्डले

एकता नगर्न र अहिलेको अवस्थामा गठबन्धनको साथन नछोड्नु नै उत्तम रहेको नेपाललाई सुझाव दिएर फर्किएका छन् ।
शु्क्रबार सिंहदरबारको अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलका दुई पक्षका नेताहरुबीच पार्टीका सबै संरचनालाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन सहमत भएका छन् ।

माओवादी छाडेर एमालेमा आएका पूर्वमाओवादीहरुलाई समेट्न, पार्टी र संसदीय दल संस्थागत रुपमा चलाउनेलगायत विषयमा कार्यदलको बैठकमा कुरा भएको छ ।

तर, नेपाल र ओलीबीच पावर सेयरिङको विषयको मुख्य कुरा अड्किएको छ भने नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिएको छैन ।

यस विषयमा अहिलेसम्म आधिकारीक निर्णय बाहिर आएको छैन । शुक्रबार बसेको कार्यदलको बैठकले १८ घन्टापछि सहमतिका बुँदाहरु सार्वजनिक गर्ने भनेको छ ।

२०७८ असार २६, शनिबार २२:२७ गते 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार