आइतबार , साउन १०, २०७८

अमेरिका द्वारा नेपाललाई १५ लाख खोप सहयोग – खोपको प्राथमिकतामा को को ?

असार २८, २०७८ सोमबार 92

काठमाडौँ : संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप को’भ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ ।

अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त को’भिड–१९ वि’रुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताउनुभयो । एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकाले यसअघिदेखि नै नेपाललाई कोरोनाको उपचार र रोकथाममा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिरहेकामा मन्त्री श्रेष्ठले आभार व्यक्त गर्नुभयो ।

कोरो’नाको निय’न्त्रणका लागि खोप नै उत्तम विकल्प हो, ७२ प्रतिशत जनतालाई कोरो’नावि’रुद्धको खोप लगाउने गरी सरकारले आवश्यक तयारी गरेको छ”, उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा राजदूत बेरीले नेपाली जनताको जीवनरक्षाको एक

मात्र उद्देश्यले खो’प उपलब्ध गराइएको बताउँदै यसले नेपाललाई अहिलेको महामा’रीबाट बाहिर निस्कन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभ्याक्सको गौरवशाली सदस्यका रुपमा अमेरिकाले दुई अर्ब डलरको अनुदान उपलब्ध गराएको अवगत गराउँदै

उहाँले त्यस सहयोगबाट न्यून तथा मध्यम आय भएका मुलुकमा खोप आपूर्ति हुने बताउनुभयो । राजदूत बेरीले आजसम्म अमेरिकाले नेपालको को’भिड प्रतिकार्यका लागि सात करोड अमेरिकी डलरभन्दा बढी योगदान गरिसकेकोसमेत जानकारी दिनुभयो । -रासस

प्रतिकृया दिनुहोस्