बिहिबार , साउन २१, २०७८

ब्राजिलमा को’भिड १९ बाट २४ घन्टामा ५९५ जनाको मृ’त्यु !

असार २८, २०७८ सोमबार 104

कोभि’ड १९ बाट सबैभन्दा बढी प्रभावि’त भएका देशहरुको अग्रस्थानमा रहेको ब्राजिलमा २४ घन्टामा को’भिड १९ बाट कम्तीमा पनि ५९५ जनाको मृ’त्यु भएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारअनुसार ब्राजिलमा आइतबार त्यसको २४ घन्टा अघिदेखि गरेर ५९५ जनाको ज्या’न गएको हो ।

यसका यहाँ यो सं’क्रमणबाट ज्या’न गुमा’उने नागरिकको संख्या ५ लाख ३३ हजार ५८८ जना पुगेको छ । त्यसैगरी यहाँ कोभि’डबाट संक्र’मित हुनेको संख्या पनि गएको २४ घन्टामा करिब २१ हजार जना रहेको छ ।

यो समेत गरी ब्राजिलमा को’भिडबाट सं’क्रमित हुने नागरिकको संख्या १ करोड ९० लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा दुई महिना अघि कोभि’डका संक्र’मितहरु घटेको भए पनि अहिले अर्थात् पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

यहाँको सरकारले कोरोना भाइरसका विरु’द्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकहरुलाई खोप दिने कामलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर यहाँ सबैभन्दा बढी सं’क्रमणमा परेको शहर हो । -रासस

प्रतिकृया दिनुहोस्