२०७८ कार्तिक ११ बिहीबार

कतार फर्कदा को-को क्वारेन्टाइन बस्नुपर्दैन, के-के कागजपत्र चाहिन्छ ? (कतार दुताबासको सुचना सहिद)

कतारमा को’भिड-१९ को महामा’री कम भएसंगै स्वास्थ्य मन्त्रालयले खुकुलो बनाएको प्रतिवन्ध अनुसार १२ जुलाई २०२१ देखि खोप लगाएको व्यक्ति कतार फर्कदा होटेल

क्वारेन्टाइन बस्ननपर्ने भएको छ । क्वारे’न्टाइन बस्ननपर्ने भएता पनि कतार प्रवेश गर्ने हरेक यात्रुको साथमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको को’भिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भने हुनुपर्छ ।

खोप लगाइसकेका व्यक्ति
कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाइसकेको व्यक्ति कतार फर्कदा होटेल क्वा’रेन्टाइन बस्नुपर्दैन । मन्त्रालयको अनुसार दोस्रो डाेज खोपको लगाए यता खोपको म्याद १२ महिनाको लागि मात्र मान्य हुनेछ ।

कतार सरकारले मान्यता दिएको खोप

• फाइजर/ बायोटेक
• मोडर्ना
• एस्ट्राजेनेका
• जोन्सन एन्ड जोन्सन (एक डाेज)
• सिनोफार्म (भेरो सेल ) यो खोप लगाएको व्यक्तिले कतार

पुगेपछि एन्टिबडी परिक्षण गर्नुपर्नेछ र नतिजा पोजेटिभ आउनुपर्ने । नतिजा नेगेटिभ आए क्वारेन्टाइन बस्नुपर्नेछ ।
• खोप लगाएको १४ दिन कटेको हुनुपर्ने । खोपको म्याद १२ महिना सम्म मान्य हुने ।
• खोप लगाइसकेका अभिभावकको खोप नलगाएका १७ वर्ष भन्दा मुनिका सन्तानले १० दिन होम क्वारेन्टाइन बस्नुपर्नेछ ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• कतार प्रवेशगर्नु कम्तिमा १२ घन्टा अघि एह्तेराजको वेबसाईटमा अनलाइन दर्ता । दर्ता भएको प्रमाण बोर्डिङको बेला देखाउनुपर्ने ।
• पासपोर्टमा भएको नाम अनुसार दुई डाेज खोप लगाएको प्रमाणपत्र ।

• स्पष्ट देखिने गरि पहिलो र दोस्रो डाेज खोप लगाएको मिति ।
• भ्याक्सिनको लट नम्बर ( उपलब्ध भए )
• नेपाल सरकारबाट खोप लगाएको आधिकारिक छाप ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

को’भिड-१९ बाट निको भएका व्यक्ति
कतारमा को’भिड-१९ बाट संक्रमण भै निको भएको व्यक्ति पनि १२ महिना भित्र कतार फर्कदा होटेल क्वारेन्टाइन बस्नुपर्दैन ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• कतार प्रवेशगर्नु कम्तिमा १२ घन्टा अघि एह्तेराजको वेबसाईटमा अनलाइन दर्ता । दर्ता भएको प्रमाण बोर्डिङको बेला देखाउनुपर्ने ।
• कतार सरकारबाट दिइएको निको भएको प्रमाणपत्र ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

खोप नलगाएका व्यक्ति
खोप नलगाएका व्यक्ति कतार फर्कदा अझै १० देखि १४ दिनसम्म होटेल क्वारेन्टाइनमा बस्नुपर्दछ ।

बुझाउनुपर्ने कागजपत्र

• ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट ।
• कतार प्रवेशगर्नु कम्तिमा १२ घन्टा अघि एह्तेराजको वेबसाईटमा अनलाइन दर्ता । दर्ता भएको प्रमाण बोर्डिङको बेला देखाउनुपर्ने ।
• डिस्काेभर कतार बाट बुक गरिएको होटेल क्वारेन्टाइन ।
• ६ महिना कटेको भए इन्ट्री परमिट र म्याद भएको आईडी ।

कतार ट्रान्जिट भएर अन्य देश जाने यात्रुले पनि ७२ घन्टा भित्रको पिसिआर परिक्षणको नेगे’टिभ रि’पोर्ट देखाउनुपर्नेछ । कतार बाट अन्य देश जादा पिसिआर परिक्षण आवश्यक भए हमाद विमानस्थलमा तीन सय रियाल शुल्कमा गर्न सकिनेछ । मान्यता प्राप्त खोप लगाइसकेका व्यक्तिले हुकुमी कतारको वेबसाईट वा मेट्राश २ एप मार्फत पर्यटक,पारिवारिक तथा व्यवसायिक भिसा जारी गर्न सकिनेछ ।

२०७८ असार २८, सोमबार १८:२५ गते 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार