२०७८ आश्विन ५ मंगलवार

इजरायलले एक हजार नेपाली कामदार लैजाँदै, तलब झण्डै २ लाख ।

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलमा कामदार पठाउने प्रक्रिया सुरु गरेको छ। मन्त्रिपरिषद् बैठकले इजरायलमा नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिकालाई पारित गरेपछि

विभागले कामदार पठाउने प्रक्रिया सुरु गरेको हो। जसअनुसार पहिलो चरणमा इजरायलले एक हजारसम्म नेपाली कामदार लैजाँदैछ । निजी क्षेत्रको संलग्नतामा कामदार भर्ना गर्दा कामदार माथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल

र इजरायल सरकार बीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्र मार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो । याे सम्झौता अनुसार इजरायलमा नेपाली कामदार लैजाने प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी) को कुनै संलग्नता रहने छैन । विभागका अनुसार अब जाने कामदार रोजगारदाताको घरभित्रै रहने गरी नभई स्याहार केन्द्रमा काम गर्ने छन् ।

यसअघि रोजगारदाताकै घरमै बसी काम गर्ने गरी कामदार लैजाने गरिएको थियो । विभागका अनुसार इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि नेपाली

दूतावासले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका बमोजिम प्रमाणीकरण गर्नेछ ।सरकार ले इजरायल जान कामदारको मापदण्ड तोकेको छ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र ४५ केजी तौल भएको हुनुपर्नेछ ।

इजरायलको स्थानीय भाषालाई बाध्य कारी बनाइएको छैन । अंग्रेजी भाषाको ज्ञान भए पुग्ने छ । कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता

प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको व्यक्ति इजरायल जानका लागि उम्मे’द्वार हुन पाउने विभागले जनाएको छ ।.सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया गरिने भए पनि लागत खर्च भने कामदारले नै व्यहोर्नु पर्ने छ ।

भिसा शुल्क मात्रै सम्बद्ध रोजगारदाताले व्यहोर्ने छ । ‘हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण कल्याणकारी कोषको रकम र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगार दाताले व्यहोर्ने छ । कमाइ र कार्यस्थलका हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य हो । इजरायल जाने कामदारको न्यूनतम तलब एक हजार ५ सय ४३ डलर (झन्डै एक लाख ८३ हजार रुपैयाँ) रहेको छ ।-मलायखबर बाट

२०७८ असार २८, सोमबार १८:४५ गते 1 Minute 289 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार