२०७८ आश्विन १ शुक्रबार

देउवा भन्नुहुन्छ : अदालतले मलाई प्रधानमन्त्री बनाएको होइन, संविधानविपरीत कदमलाई सच्याएको हो ।

काठमाडौं : सर्वाेच्च अदालतले गरेको संसद् पुनःस्थापनालाई विधिको शासनलाई बचाएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

सोमबार फैसालापचात् निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उनले बताए ।
उनले भने, ‘सर्वाेच्चको फैसला ऐतिहासिक हो ।

निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’ साथै, उनले अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधानविपरित गरिएको कदमलाई सच्याएको बताए ।

अब, सरकार गठनबारे गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गरेर अघि बढ्ने उनले बताए । सर्वोच्चले संसद् विघटन पुनःस्थापान गरेर देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

२०७८ असार २९, मंगलवार ०१:०० गते 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार