बिहिबार , साउन २१, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ओलीद्वारा बहिस्कार !

असार २९, २०७८ मंगलबार 59

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा केपी शर्मा ओलीले भने बहिस्कार गरेका छन् ।देउवाको शपथ ग्रहण हुँदा ओली प्रधानमन्त्री निवास बालुवाटारमै थिए ।

ओलीका एकजना सल्लाहकारले विपक्षी दलको नेता हुँदा देउवा पटक पटक उपस्थित हुनुपर्ने बैठकमा पनि नआएको भन्दै ओलीले बहिस्कार गरेका हुन् ।“प्रतिपक्ष दलको नेता उपस्थित हुनुपर्ने धेरै ठाउँमा देउवा उपस्थित हुनुभएन

ओलीको सचिवालयका एक सदस्यले भने, “शीतलनिवास किन जानुपर्‍यो ? यो सरकार स्वभाविक जनादेशबाट आएको सरकार होइन, परमादेश दिने र रिट निवेदक पुगे भइहाल्छ ।”उनले पूर्वप्रधानमन्त्रीको हैसियतमा र वर्तमान प्रधानमन्त्रीको हैसियतमा जानुपर्ने कुनै कारण नभएको बताए ।

देउवाको शपथ ग्रहण कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित थिए । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथसँगै आफ्नो मन्त्रीमण्डलमा चारजना मन्त्री नियुक्त गरेका छन्।

देउवा मन्त्रीमण्डलमा नियुक्त हुने मन्त्रीहरुमा बालकृष्ण खाड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाः जलस्रोत, सिँचाइ तथा ऊर्जामन्त्री रहेका छन्।

खाड र कार्की नेपाली कांग्रेस तथा शर्मा र भुसाल माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।

प्रतिकृया दिनुहोस्