२०७८ कार्तिक ९ मंगलवार

उर्जामन्त्री भुषालल भन्नुहुन्छ : सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ काम गर्छौं ।

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सबै क्षेत्रमा बिजुलीको पहुँच पु¥र्‍याउने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै भएको भन्दै बिजुलीको पहुँच चाँडो पुर्‍याउनुपर्ने बताउनुभएको हो ।

उहाँले जलविद्युतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर, लक्ष्य पूरा नहुने क्रम दोहरिदै आएकाले त्यस्तो प्रवृतिलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताउनुभयो ।

आफूले काममा कुनै पूर्वाग्रह नराख्ने तर परिणाममुखी काम निकाल्नुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

कृषि प्रधान देश भनिए पनि सिंचाईको समस्या ठुलो रहेको भन्दै उहाँले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पु¥र्‍याउनेमा लाग्नुपर्ने पनि बताउनुभयो । उहाँले अहिले बाढी–पहिरो र भुक्षय बढेको र विभिन्न निकायसँग समन्वय गरेर

यसको रोकथाम तथा निय’न्त्रणमा सक्दो कदम चाल्नुपर्ने धारणा उल्लेख गर्नुभयो । मंगलबार सपथ गर्नुभएको मन्त्री भुसालले बुधबार सिंहदरबार पुगेर पदभार सम्हाल्नुभएको हो । मन्त्रालयमा उहाँलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

२०७८ असार ३०, बुधबार १७:४४ गते 1 Minute 512 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार