मंगलबार , साउन १९, २०७८

५२ वटा नेपालीको श’व मलेसियामा अझै अलपत्र !

असार ३०, २०७८ बुधबार 161

काठमाडौं : सरकारले पर्या’प्त अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न नसक्दा मलेसियामा ५२ श’व अ’ड्किएका छन् । ती शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘मलेसियामा औसत हरेक तीन दिनमा दुईजना हाराहारी नि’धन हुने गरेको छ’, त्यहाँस्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दिपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन ।’

उनले मलेसियामा वाइड बढी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भए पनि केही समययता राखिएका उडानमा हवाई कम्पनीहरुले न्यारो बढी जहाज मात्र उडाइरहेको बताए ।

वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २० २५ वटा शव ढुवानी गर्न मिल्छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी श’व बोक्दैन, उनले भने ।

रोजगारीका लागि मलेसिया पुगेका श्रीमानको उतै नि’धन भएर पनि श’व घर ल्याउन नसक्दा घर परिवार निकै पी’डामा रहने गरेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिको नि’धन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले श’वको ढुवानी गरसम्म गनेृ व्यवस्था गर्ने गरेको छ ।

रोजगारीको क्रममा गन्तव्य मुलुमा नि’धन हुनेको श’व जतिसक्दो चाँडो घरसम्म पुरयाउनुपर्ने आवाज उठ्दै आए पनि अनेक कारणले मृ’तकका आफन्तले समयमै शव प्राप्त गर्न सकेका छैनन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्