मंगलबार , साउन १९, २०७८

ब्रेकिङ – पद्धार्थको मूल्य १ रुपैयाँले घट्यो ।

असार ३०, २०७८ बुधबार 76

काठमाडौं : पेट्रोलियम पद्धार्थको मूल्य सामान्य घटेको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्रोलियम

पदार्थको मूल्य घटाइएको हो । बुधबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

योसँगै पेट्रोल प्रतिलिटर १२८ रुपैया कायम गरिएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । पेट्रोलियम पद्धार्थको छैटौं मूल्यवृद्धिविरुद्ध नेपाल

विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल आन्दोलित छन् । निगमले भनेको छ, ‘आन्दोलनरत ५ विद्यार्थी संगठनले निगमको यो निर्णयपश्चात् विरोधका कार्यक्रम फिर्ता लिनुहुनेछ भन्ने विश्वास छ ।’

प्रतिकृया दिनुहोस्