२०७८ आश्विन १ शुक्रबार

बधाई ! कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त ।

काठमाडौ ;?: सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको छ ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन

सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् ।
आज बेलुका ४ बजे बसेको मन्त्रिपरिषदको बैठक सकिएपछि विद्युत प्राधिकरणमा कुलमान घिसिङको दोस्रो पटक नियुक्ती गरिएको हो ।

‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया पुरा गर्नुपर्ने भएकोले कुलमानको पुनः नियुक्तिमा केहि ढिलाई भएको हो । बैठक सकिएपछि भएको थप छलफलबाट घिसिङलाई पुनः

नियुक्ति गर्ने विषय टुङ्गो लागेको छ ।’ मन्त्रिपरिषद स्रोतले भन्यो । केपी ओली नेतत्वको सरकारले २७ माघ २०७७ मा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

तर १९ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन् । -यो खबर नेपाल आजमा प्रकाशित छ।

२०७८ श्रावण २६, मंगलवार १४:३९ गते 1 Minute 609 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार