२०७८ आश्विन ५ मंगलवार

कतारको हमाद एयरपोर्ट संसारकै सर्वोत्कृष्ट विमानस्थल !

एजेन्सी : कतारको हमाद अन्तराष्ट्रिय विमानस्थल संसारकै सर्वोत्कृष्ट विमानस्थल चुनिएको छ । विमानस्थलहरुको मुल्यांकन एवं वरियता निर्धारण गर्दै आएको स्काईट्र्याक्स कम्पनीले

हिजो सार्वजनिक गरेको सूचीमा कतारको हमाद एयरपोर्ट शिर्ष नम्बरमा रहेको हो । झण्डै एक दशकमा पहिलो पटक सिंगापुरको चांगी एयरपोर्टको वरियता खस्केको छ । लगातार शिर्ष स्थानमा रहँदै आएको चांगी यसपटक तेस्रो नम्बरमा झरेको छ ।

कतार सरकार र कतार एयरवेजको लगातारको लगानी र सुधारपछि हमाद एयरपोर्ट शिर्ष स्थानमा उक्लिएको हो ।
यसपटकको वरियतामा हमाद र चांगीको बिचमा दोस्रो स्थानमा जापानको टोकियो हानेदा एयरपोर्ट आएको छ ।
शिर्ष १० स्थानमा जापानका तिन वटा विमानस्थल हानेदा, नारिता र कान्साई परेका छन् ।

यसैगरी दक्षिण कोरियाको इन्चीयोन, जर्मनीको म्युनिख, स्विट्जरल्याण्डको जुरिच, लण्डनको हिथ्रो र हङकङ विमानस्थल पनि शिर्ष १० को सूचीमा परेका छन् ।

थप समाचार –गरिमा ज्ञवालीले ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ को उपाधि जित्नुभएको छ । न्युयोर्कस्थित टिबेटन कम्युनिटीमा भएको फिनालेमा ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका-२०२१’ को ताज लगाउनुभएको हो ।

त्यसैगरी फस्ट रनर अप याङ्छेन लामा र सेकेन्ड रनरअप शुभेच्छा निरौला हुनुभएको थियो । प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य तथा क्यानडामा बस्ने नेपाली युवतीहरू सहभागी थिए । गत वर्ष २०२० मा हुने भनिएको यो प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेको थिएन ।

२०७८ श्रावण २६, मंगलवार १४:५६ गते 1 Minute 473 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार