२०७८ कार्तिक १ सोमबार

विद्युत् प्राधिकरणमा नियुक्त गरेको कुलमान घिसिङलाई फोन मार्फत जानकारी !

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ ।वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए ।

आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशका दोस्रो पटक नियुक्त गरेको भन्दै माइतीघर मण्डलमा मंगलबार राति दीप प्रज्वलन गरिएको छ।

हाम्रो टिम नेपालकी सदस्य एवम् एकजना अभियन्ता सपना रोका मगरसहितले माइतीघर मण्डलमा दीप बालेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई फेरि प्राधिकरणमा नियुक्त गरेको ।

आफ्नो पहिलो कार्यकालमा कुलमानले देशबाट लोडसेडिङ हटाएर प्राधिकरणलाई हरेक वर्ष ८ अर्ब बढी नाफा दिलाउन सफल भएका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको

सरकारले कुलमानलाई निरन्तरता दिन अस्वीकार गरेको थियो।
तर शेरबहादुर देउवा नेतृत्वको सरकामा पम्फा भुसाल ऊर्जा मन्त्री भएसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा अनुसार कुलमान प्राधिकरणमा फर्किएका हुन्।

२०७८ श्रावण २६, मंगलवार २३:१० गते 0 Minutes 621 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार