२०७८ कार्तिक ९ मंगलवार

मलेसियामा झण्डै १९ हजार नयाँ सङ्क्र’मित, मृ’तक संख्या बढ्दै !

क्वालालम्पुर : मलेसियामा को’रोनाभाइ’रसका कारण मृ’त्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक

दिनमा मलेसियामा ३६० जनाको को’रोनाका कारण मृ’त्यु भएको छ । योसँगै मलेसियामा को’रोनाका कारण अहिलेसम्म मृ’त्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य

मन्त्रालयले जनाएको छ । मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ स’ङ्क्रमित थपिएको जानकारी दिए । तीमध्ये १०

जना बाहिरबाट सरेर स’ङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए । मलेसियामा को’रोना भाइ’रसबाट अहिलेसम्म कूल सङ्क्र’मितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ ।

२०७८ श्रावण २८, बिहीबार ०१:२० गते 1 Minute 417 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार