२०७८ कार्तिक ११ बिहीबार

सभामुख भन्नुहुन्छ : एमसीसीबारे नागरिकस्तरमा पुगेर सहमति खोज्नुपर्छ ।

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन्।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीमाझ सभामुख सापकोटाले एमसीसीबारेमा राष्ट्रिय सहमति होस् भन्ने चाहना आफूले राखेको बताएका हुन्। ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ।

जनतालाई क्लियर पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठिक हुन्छ,’ सभामुख सापकोटाले भने। एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिले पारित गर्ने हो भनेर प्रश्न गरेका थिए ।

‘राष्ट्रिय सहमति गर्ने विषय हो। संसद्‍मा प्रतिनिधित्व गर्ने पार्टीका बिचमा सहमति होस्,’ सभामुख सापकोटाले भने, ‘हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ ।

त्यो कुरा मलाई निको नै लागेको छ।’ सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रसंगको पनि पत्रकारहरूलाई जवाफ दिएका छन्।

‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ, तर असीमित अधिकार भए पनि त्यसको सीमित प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति भइदिए धेरै आनन्द आउने कुरा हो। त्यो भएन भने प्रतिनिधित्व गर्ने दलहरूबीचमा होस्, होइन भने गठबन्धनमा होस्। त्यसपछि उहाँहरूलाई आफ्ना कुरा भन्छु।’

२०७८ श्रावण २८, बिहीबार २२:४२ गते 0 Minutes 563 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार