२०७८ आश्विन १३ बुधबार

रामनारायण विडारी भन्छन् : माओवादी र जनयु’द्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति बन्ने थिइनन् ।

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको बताए।
सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न

मन लागेको उल्लेख गरे। विडारीले देशमा माओवादी र जनयु’द्ध भन्ने सशस्त्र विद्रो’ह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे। उनले केपी ओलीको चक्र’व्यूहबाट संसद जोगिएको बताए। उनले नेपालको संविधानलाई शै’यामा पु¥याउन लागेको बेला

संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए। सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे।

उनले पूर्वप्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे। उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जि’किर गरे।

उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइ’ज्जत गरेको समेत दावी गरे। सांसद विडारीले एमाले अध्यक्ष ओलीले नेकपा नामको पार्टी तहसनहस पारेको उल्लेख गर्र्दै संसदले तिम्रो लागि बहुमत छैन भन्दा भन्दैपनि म प्रधानमन्त्री पद छोड्दै छोड्दिन भनेर अड्डी कसेर पृथ्वीमा कतै नभएको काम गरेको बताए। -लोकपाटी

२०७८ श्रावण २८, बिहीबार २२:५१ गते 1 Minute 371 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार