बिहिबार , साउन २१, २०७८

पुदिना सेवन गर्नुको यी चमत्कारिक लाभहरु पढ्नुहोस ।

फागुण २१, २०७७ शुक्रबार 662

पुदिना एउटा यस्तो कुरा हो जसको उपयोग नेपालमा पनि चटनीका लागि गरिन्छ । तर, यसका फाइदा अनेक छन् । यसले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ ।

पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न सकिन्छ । यसले हाम्रो घाँटीमा जमेको कफलाई बाहिर

निकाल्न मात्र सहयोग गर्दैन, पसिना निकालेर शरीरमा भएको खराब तत्व पनि बाहिर निकाल्न सहयोग गर्छ ,पुदिनाको सेवनाले सबैभन्दा फाइदा हाम्रो पेटलाई पुग्छ । पेटमा भएका विभिन्न समस्यालाई समाधान गर्न पुदिना निकै लाभदायी हुन्छ । मसलेदार खाना खाएपछि पुदिना सेवन गर्दा निकै फाइदा पुग्ने गर्छ । यसको सेवनले वान्ता हुनबाट पनि रोक्छ ।

हैजा लागेका व्यक्तिलाई पनि पुदिनाको रस र प्याजको रस मिसाएर दिँदा निकै फाइदा गर्छ । पुदिनालाई मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा घाँटीमा भएको समस्या हल हुन्छ, यसले आवाजलाई पनि प्रष्ट बनाउन सहयोग गर्छ ।

तर, पुदिनाको सेवन अत्यधिक भने गर्नु हुँदैन । यसले हाम्रो आँतलाई समस्यामा पार्न सक्छ यो पनि पढ्नुहोस् :समयमा सुत्ने समयमा उठ्न गर्नाले हुन्छन् यस्ता फाइदा !!:निद्रा त हाम्रो लागि कुनै वरदान भन्दा कम होइन । तर, यो व्यस्त जीवनमा हाम्रो निद्रा बारम्बार डिस्टर्ब भइ नै हाल्छ ।

जे भए पनि दिमागलाई फ्रेस बनाउन होस् या शरीरका अन्य अंगलाई आराम दिन नै किन नहोस्, हामीलाई आरामको जरुरत निकै पर्छ ।

पछिल्लो समय हामीलाई स्मार्टफोन वा कम्प्युटरबाट आउने कृत्रिम प्रकाशले निद्रामा निकै डिस्टर्ब गरेको छ । शोधकर्ताहरुका अनुसार कृत्रिम उज्यालोका कारण हाम्रो शरीरले राम्रोसँग काम गर्न पाएको छैन ।

यसले हाम्रो स्वास्थ्यलाई पनि निकै असर गरेको छ । हाम्रो आँखामा रेटिना हुन्छ, जुन प्रकाशप्रति निकै संवेदनशील हुन्छ । यसलाई डिस्टर्ब हुनु भनेको हाम्रो स्वास्थ्यमा निकै धेरै असर पर्नु हो ।

तर, विहान छिटो उठ्ने हो भने हाम्रो शरीरमा अतिरिक्त ऊर्जा प्राप्त हुन्छ । मानसिक रुपमा शान्त हुन पनि बिहान छिटो उठ्दा फाइदा नै हुन्छ । दिउँसोको समस्याबाट मुक्ति पाउन पनि बिहान छिटो उठ्नु पर्ने हुन्छ ।

यदि हाम्रो बानी राती अबेरसम्म सुत्ने छैन भने त्यसलाई तुरुन्त बदल्नु आवश्यक हुन्छ । अनि फेरि ढिलोसम्म सुत्ने बानी पनि तत्काल छोड्नु पर्ने हुन्छ । किनकि केही अघि भएको एउटा शोधले पत्ता लगाएको छ कि विहान अबेरसम्म सुत्ने बानी हुँदा मानिसको व्यवहारमा पनि निकै परिवर्तन आउँछ । यसले हामीलाई हाम्रो दिमागमा पनि असर पार्छ ।

विहान अबेर उठ्दा हाम्रो शरीरबाट क्यालोरी खर्च हुन पाउँदैन जसले हामीमा मोटोपनाको समस्या निम्त्याउन पनि सक्छ । यसले हाम्रो वजन बढ्दै जान्छ, हर्मोन असन्तुलित हुन्छ । राती अबेरसम्म निद्रा पर्दैन भने हामीले सुत्नुअघि खुट्टालाई तातो पानीमा डुबाउने, मनतातो दूध पिउने गर्न सक्छौँ । यसो गर्दा हामीलाई निद्रा पर्न सहज हुन्छ ।

प्रतिकृया दिनुहोस्