२०७८ आश्विन ५ मंगलवार

आधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा ।

काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गर्नुभएको छ । ५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब

कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उहाँले घोषणा गर्नुभएको हो । ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टा’चार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पार्नुभयो ।

अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उहाँको भनाइ छ ।कोरो’ना संक्र’मण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उहाँले बताउनुभयो ।

धनि ब्यबसायीहरुले त पैसा खुवाएर मन्त्रि बन्छन नि भन्ने प्रश्नमा राज्यमन्त्री श्रेष्ठले आफुलाई प्रधानमन्त्री देउवाले अवसर दिएको र प्रधानमन्त्रीलाई आफुलाई मन्त्रि बनाइँदिनु बनेर सम्म नभनेको बताउनु भयो ।भिडियो

थप समाचार – प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

यस अवधिमा प्रधानमन्त्री देउवाले पाँचजना मन्त्री नियुक्ति गर्नेबाहेक अन्य मन्त्री नियुक्त गर्न सक्नुभएको छैन । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझाकार्यक्रम सार्वजनिक गरेपनि महत्वपूर्ण मानिएको मन्त्रिमण्डलले भने पूर्णता पाउन सकेको छैन ।

मन्त्रालय भागवण्डामा गठबन्धन दलहरूबीच सहमति जुटे पनि सरकारमा सहभागी हुने विषयमा सत्तारूढ दलहरूबीच किचलो रहेको छ ।प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन चाहे पनि माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अझै मन्त्री छनोट गर्न सकेका छैनन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने सत्तागठबन्धले तयारी गरे पनि आ–आफ्नो दलभित्रको किचलोको कारण मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन् । मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सक्नुभएको छैन ।

२०७८ श्रावण २९, शुक्रबार १४:३४ गते 1 Minute 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार