२०७८ कार्तिक १ सोमबार

एमसीसी राष्ट्रघा’ती छ भन्दै तत्काल खारेज गर्न ओली पक्षकै सांसदले उठाईन जोडदार माग !

काठमाडौ : नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारे’जी माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले

एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् ।

सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघा’ती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् । उनले भनिन्– ‘एमसीसीले तयार पारेको प्रस्तावनामा नेपाल सरकारले

छलफल गर्न, व्यवस्था बुझ्न, स्पष्टिकरण सोध्न समेत पाउने छैन् । एमसीसीमा भएको कानुन नेपालको संविधानसँग बाझिएमा नेपालकै कानुन लागू हुनुपर्ने हैन र रु दुबै

कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ, एमसीसी परियोजनाले मागेको भूभाग र अन्य संरचना कानुनी रुपमा हस्तान्तरण गर्न माग गरिएको छ ।’ सांसद पालले थपिन– ‘यदि एमसीसी संसदबाट पारित भएको

खण्डमा नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा एमसीसीबाट अनुमति लिनुपर्नेछ । यिनै आधारहरू काफी छैनन् र एमसीसी खारेज गर्नका लागि विकासका लागि भन्दै सहायताका नाममा बाह्य हस्तक्षेप कुनै हालतमा स्वीकार्य छैन ।-अन्लाईन मार्ग

२०७८ श्रावण २९, शुक्रबार १६:०९ गते 1 Minute 725 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार