२०७८ कार्तिक ८ सोमबार

चीनले अति’क्रमण गरेको भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव प्रचण्डले मानेनन् !

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले हुम्लाको नाम्खा गाउँपालिका लिमीमा अति’क्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने कांग्रेसको प्रस्ताव अस्विकार गरेका छन् ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा कांग्रेसले चीनले हुम्लामा अति’क्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन चीनसँग कुट’नीतिक पहल गर्ने भनेर राख्न खोजेको थियो । तर पछिल्लो चीनको सामिप्यमा पुगेका प्रचण्डले त्यसलाई राख्न मानेनन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा हुम्लामा चीनले सीमा अतिक्र’मण गरेको विषय साझा न्यूनतम कार्यक्रममा राख्न प्रचण्डले नमानेको जानकारी दिएका हुन् ।

बैठकमा उपसभापति विमेन्द्र निधि, नेता जीवनबहादुर शाहीले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नपरेको भनेर प्रश्न उठाएका थिए ।

जवाफमा देउवाले राख्न खोजेको तर प्रचण्डले नमानेको बताए । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे पनि केही उल्लेख नगरिएको देउवाले स्पष्ट पारे ।

हुम्लामा भएको चिनियाँ अतिक्रमणको कांग्रेस पार्टीका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा स्थलगत अध्ययन गरेर चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएको निष्कर्ष निकालेर प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

तर तत्कालीन सरकारले नमिचिएको भनेर चीनको बचाउ गरेको थियो । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि चीनको विषय उठेको हो । बैठकमा सहभागी नेता शाहीले चीनले सीमा मिचिएको प्रष्ट देखिएको भन्दै तथ्य झुटो सावित भए राजनीति छोड्ने घो’षणा गरे ।

सरकारको कार्यक्रममा राख्न प्रचण्डले नमानेको भन्दै प्रधानमन्त्री देउवाले आफूले कुटनीतिक रुपमा कुराकानी अघि बढाउने प्रतिबद्धता जनाए । यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने उनको भनाई थियो । -नेपाल पाना बाट

२०७८ श्रावण २९, शुक्रबार १८:३३ गते 1 Minute 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार