२०७८ आश्विन ६ बुधबार

लीलामणि पोखरेल भन्नुहुन्छ : कुनै हालतमा एमसीसी संसदबाट पारित हुन दिदैनौं ।

काठमाडौं : नेकपा माओवादी केन्द्र लीलामणि पोखरेलले अमेरिकी मिले’नियम कर्पोरे’सन एमसीसी संसद्बाट पारित हुन नसक्ने ठोकुवा गरेका छन् ।

पोखरेलले एमसीसी नेपालको राष्ट्रिय हितको अनुकूल नभएको दाबी गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पोखरेलले भने, “मैले पहिलेदेखि भन्दै आएको छु

नो एमसीसी । नेपालको राष्ट्रिय हितको अनुकूल नभएको एमसी’सीलाई संसद्ले कसरी पास गर्न सक्छ ? कोलिसन गभर्मे’न्टको पार्टनरमा दलहरुबीच सहमति भएको र साझा एजेन्डा मात्र अघि बढ्छन् ।

हुन त सरकारमा एमसीसी स’म्झौता गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नै कानुन मन्त्री हुनुहुन्छ तर वि’वादास्पद भएको मु’द्दालाई कसरी अघि बढ्छ र ?”

उनले केपी ओलीले एमसीसीका नाममा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सिकार खेलेको आरो’प पनि लगाए । ओलीलाई एमसीसी पास गर्नु अनि’वार्य हुनुको कारण दुनियाँलाई थाहा भएको उनले बताए ।

उनले थपे, “एमसीसीबारे सयौं बहस भएको छ । अमेरिकी सहायताको सन्दर्भमा ५० करोड डलर झिँ’गाको टा’उको भन्दा सानो हो । ६२ अर्ब त हामीकहाँ एउटै संस्थाले कर तिर्न बाँकी छ ।”

नेता पोखरेलले विकासको राष्ट्रिय दृष्टि’कोणबाट हेर्ने हो भने पनि एससीसी आवश्यक नभएको बताए । उनले भने, “मु’लुकको परराष्ट्र नीतिलाई असर गर्ने ढंगले हामीले कसैसित पनि अनुचित सन्धि, सम्झौ’ता गर्न सक्दैनौं । दाता राष्ट्रले पनि अनुचित सर्त लाद्न मिल्दैन ।

छिमेकी मुलुकका सुरक्षा सरोकार जायज होलान् तर आठ हजार माइल टाढाको अमे’रिकाको चि’न्ता हामीले किन गर्ने रु ग्लोबल द्व’ न्द्वको मारमा हामी किन पर्ने ?”.पोखरेलले एकदुई दिनभित्रै मन्त्रिपरिषद्ले विस्तार पाउने पनि ठोकुवा गरे । उनले भने, “यो एकल पार्टीको बहुमत भएको सरकार होइन ।

भिन्न भिन्न ध्रुव’का दलहरुको संयुक्त सरकार हो । संविधानलाई सजीव बनाउने, संसद्लाई पूर्ण जीवन दिने जटि’लतालाई हल गर्न केही राज’नीतिक दलको सहकार्य आवश्यक भएकाले यो सरकार बनेको हो । त्यसैले आन्त’रिक सन्तुलन मिलाउन केही समय लागेको मात्र हो ।” -दैनिक न्युज नेपाल बाट

२०७८ श्रावण ३०, शनिबार ०१:२३ गते 1 Minute 429 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार