२०७८ आश्विन १३ बुधबार

मलेसियामा सम्पर्क वि’हीन बनेका भुजेल १८ वर्षपछि स्वदेश फर्किए।

क्वालालम्पुर : हुर्के बढेको छोरो धन कमाउन भन्दै विदे’शिँदा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको घलेगाउँका गोरे भनिने राजमान भुजेल र उनकी श्रीमती भलमायाँ भुजेल उत्साहित थिए।

नरनातासँग ऋ’णपा’न गरेर मलेसिया पठाइएका मने भनिने जेठो छोरो डम्बर भुजेलले पैसा कमाउँछन्, परिवारलाई आ’र्थिकरु’पमा आड’भरो’सा दिन्छन् भन्ने उनीहरुको अपेक्षा थियो। तर, सोचेजस्तो भएन भुजेल दम्प’त्तीको सपना।

वैदेशिक रोजगारीका सिलसिलामा सन् २००३ (विक्रम संवत् २०६० सालताका)मा कामदारका रुपमा मलेसिया पुगेका डम्बर सन् २००६ बाट पूर्णरु’पमा परिवारदेखि सम्प’र्कवि’हीन बने। लामो समयसम्म घर नआउँदा र सम्पर्क नहुँदा डम्बर ‘जिवित छन् वा छैनन्’ भन्ने बारेमा घर परिवार नै अन्यो’लमा थिए।

छरछिमेकले पनि उनी जिवि’त छन् भन्ने आश मा’रिसकेका थिए। सम्पर्क’विहीन हुँदा परिवारले माया मा’रिसकेका तिनै डम्बर १८ वर्षपछि स्वदेश फर्किएका छन्।

डम्बर विदेशिएको समय हिजोआज जस्तो फोनको सुविधा थिएन। चिट्ठी’पत्रबाट सञ्चोवि’सञ्चो र हा’लखबर आदान–प्रदान हुन्थ्यो। मलेसिया पुगेको अढाई वर्षसम्म उनी चिट्ठीपत्र पठाएर परिवारको सम्पर्कमा रहे। तर, सन् २००६ देखि डम्बर बेपत्ता भएका थिए।

उनी सम्पर्कवि’हीन हुँदा परिवारमा चि’न्ता छायो तर सोधीखो’जी गर्ने कुनै माध्यम थिएन। कसैले ‘डम्बर ज्यूँदै छ, उतै बसिरहेको छ’ भन्ने अनुमान गर्थे, कसैले ‘उ वितिसकेको छ, नत्र घर सम्झ’न्थ्यो, परिवार सम्झेर आउँथ्यो’ भन्थे। परिवार सामु उनको बाटो हेरेर बस्नुको वि’कल्प रहेन।

एक दशकसम्म सम्पर्कमा नआउँदा उनको नाममा छाकसम्म छोडिए। डम्बर मलेसिया जाँदै गर्दा घरमा बुवा, आमा, तीन जना भाई र चार बहिनी थिए। त्यो बेलाका स–साना भाई बहिनी हुर्किर विवा’ह गरेर हाल आ–आफ्नो घरजम गरिसकेका छन्। डम्बरको बाटो हेर्दै बसिरहेकी आमा भलामायाको ७ वर्षअघि मृ´त्यु भइसकेको छ।

२०७७ साल मंसिर ७ गते मलेसियामा एउटा पसल अगाडि अचेत अवस्थाका पुरुष भेटिए। अचेत अव’स्थामा भेट्ने नेपालीले म’रिसकेको भन्दै उनको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। सामाजिक सञ्जालमा उनको ठेगाना खोटाङ उल्लेख गरिएको थियो।

सोही सूचनाको आधारमा केपिलासगढी गाउँपालिका र बालसेवा समाजको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)को मनोसामाजिक परामर्शदाता सिर्जना निरौलाले पनि उनको बारेमा सोध’खोज सुरु गरिन्। त्यसपछि उनी बाक्सिला घले गाउँको डम्बर भुजेल भएको यकिन गरिएको थियाे।

घरमा लास ल्याउने च’र्चा चलिरहेका बेला डम्बर अचेत मात्र भएकाले उ’द्धार गरेर अस्पतालमा पु¥र्‍याइएको जानकारी आयो। कुबेतमा रहेकी उनकी माईली बहिनी सविनाले पनि डम्बर जि’वित रहेको भन्दै परिवारमा खबर गरिन्। तस्बिर हेरेर राजमानले पनि डम्बरलाई चिने।

‘फेसबुकमा आएको सूचनाको आधारमा सत्यतथ्य बुझ्दै जाँदा उहाँलाई टाउकोमा ग’म्भीर चो’ट लागेकाले अचेत मात्र भएको र अस्पतालमा उपचार भइरहेको पत्ता लाग्यो,’ मनोसामाजिक परामर्श’दाता निरौलाले भनिन्, ‘लामो समयसम्म अवैधरुपमा बसिरहेका उहाँलाई नेपाल निकाल्नका लागि साथमा कुनैपनि डकुमेन्ट थिएन।

सामीकैतर्फबाट निरन्तर फलोअप गर्ने, कागजात तयार पार्न सहयोग गर्ने र उ’द्धार गरेर नेपाल ल्याउने प्रोसेस थालिएको थियो।’.अन्ततः डम्बर साउन २३ गते काठमाडाैं उत्रिएका छन्। उनको बहिनी उमा र सविनासँग भेट भइसकेको छ। तर, टाउकामा ग’हिरो चो’ट लागेको असरले उनको शारीरिक र मानसिक अवस्थामा भने असर पुगेको देखिएको छ।

उनको बायाँ कानभन्दा माथिको टाउकाको भाग भित्र पसेको परिवारको भनाई छ। डम्बरलाई ६/७ महिनासम्म अस्प’तालमा राखेर उप’चार गरिएको थियो। टाउकाको दुई पल्ट अ’प्रेसन गर्नुपरेकै कारण उनलाई स्वदेश ल्याउनका लागि समय लागेको हो। उनी दु’र्घट’नामा परेको अनुमान गरिएको छ।

हाल ४२ वर्ष पुगेका डम्बरलाई स्वदेश फ’र्काउनका लागि मलेसियास्थित नेपाली दूतावासले समेत सहयोग गरेको छ।
काठमाडाैं उ’त्रिएपछि उनलाई प्रवासी नेपाली समन्वय समिति (कानुनी सहायता जनअधिकार मञ्च)को क्वा’रेन्टिनमा राखिएको थियो। तर, स्वास्थ्यमा समस्या देखिइरहेकाले तीन दिनपछि नै परिवारको जिम्मा लगाइएको छ।

डम्बर १८ वर्षसम्म ‘कसरी बसे र किन सम्पर्कविहीन बने’ भन्ने पाटो भने खुल्न बाँकी छ। उनको हाल देब्रे हात नचल्ने समस्या देखिएको छ। छोराछोरी आ–आफ्नो सुतीखेतीमा लागेपछि एक्लै बसिरहेका राजमान माया मारिसकेको छोरा घर फर्कँदा हर्षित छन्।

तर, शारीरिक र मानसिकरुपमा कम’जोर बनेको खबरले भने राजमान उत्तिकै चि’न्तित छन्। ‘कहीँ न कहीँ ज्यूँदै छ, भन्ने आश मरेको थिएन,’ उनले भने, ‘तर अ’पांगजस्तो बनेर आउँदैछ। आफै गरिखान सकेन भने पनि पि’रालोचैं हुने नै भयो। -हिरो नेपाल बाट

२०७८ श्रावण ३०, शनिबार ०८:२४ गते 1 Minute 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार