२०७८ आश्विन १ शुक्रबार

ब्रेकिङ – ६ बर्षदेखि मलेसिया बाट नेपाल नआएका विद्यार्थी एसईई उत्तिर्ण ।

सप्तरी : विगत ६ बर्षदेखि मलेसियामा गरिरहेका सप्तरीका एक विद्यार्थी एसईई उत्तिर्ण भएको रहस्य खुलेको छ । सप्तरीको सप्तकोशी नगरपालिका बार्ड नम्बर १०,

भगनी मलेठ स्थित जनता माध्यमिक विद्यालयबाट ६ वर्षदेखि
वैदेशिक रोजगारमा मलेसियाको जोहरबारुमा काम गरिरहेका युवकलाई एसईई उत्तिर्ण गराईएको रहस्य खुलेको हो ।टुडे एक्सप्रेस दैनिक लेख्छ सप्तकोशी नगरपालिका १० निवासी

२६ वर्षिय गोपाल प्रसाद सन्त ६ बर्ष अघि रोजगारीका लागि मलेसियाको जोहरबारुमा रहेपनि उनलाई यसबर्ष विद्यालयले एसईई परिक्षा पास गराएको पाईएको छ । एसईई उत्तीर्ण भएका गोपालका पिता राम सन्त सोहि विद्यालयका कार्यालय सहयोगी हुन् ।

र उनले विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा परिक्षा फर्म भराएको बुझिएको छ भने गोपाल सन्तले विगत ६ वर्षदेखि आफू मलेसियमा रहेको र एसईई पास गरेको स्विकारेका छन् ।

टेलिफोन सम्बादमा कुरागर्दे गोपालले आफू ६ बर्ष देखि मलेसियाको जोहरबारुमा काम गर्दै आएको बताए । उनले घरकै अभिभावकले मेरो फर्म भरिदिएको र एसईईको नतिजा प्रकाशन भएपछि २.७५ जिपीस ल्याएर पास भएको जानकारी दिए । यता मलेसियामा रहेका युवक एसईई उत्तीर्ण भएको रहस्य

खुलेपछि सप्तकोशी नगरपालिकाको शिक्षा शाखाले विद्यालयलाई २ दिन भित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेका छन् ।
शिक्षा अधिकृत रमेश खड्काले विदेशमा भएको ब्यक्ति एसईई परिक्षा पास भएको विषय जानकारीमा आएको र सो विषयमा विद्यालयलाई पत्राचार गरी दुई दिन भित्र सम्पुर्ण विवरण उपलब्ध गराउन निर्देशनसहित पत्राचार गरिएको बताए ।

एसईईको परिक्षा फर्म विद्यार्थी स्वयम् उपस्थित भएर भर्नु पर्ने ब्यवस्था रहेको भएपनि कसरी फर्म भरेर अंक पठाईयो भन्ने विषयमा अनुसन्धान भईरहेको खड्काले भने । यस विषयमा विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसंग प्रतिक्रिया लिन खोज्दा उनले मोवाईल नै स्वीच अफ गरी बसेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ मा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।

२०७८ श्रावण ३०, शनिबार १८:४४ गते 0 Minutes 318 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार