२०७८ कार्तिक ८ सोमबार

घिरौला खानुको १० फाइदाहरु थाहापाउनुहोस ।

स्वास्थ्य : घिरौला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रियता जति हुनुपर्ने हो त्यति छैन ।
अझ भन्नु पर्दा त प्राय मानिसले धि’रौला मन पराएको पाइँदैन।

घिरौला गृष्म वर्षायामको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ । यसमा अत्यधिक मात्रामा रेसादार पदार्थ तथा औष’धीय गुण रहेको हुन्छ । यसको सेवनले खानामा रुचि बढाउनुका साथै मु’टु र पेटका रोगी’हरुलाई फाइदा पु¥र्‍याउँछ ।

घिरौला बेर्ना सारेको ४० देखि ५० दिनमा टिप्न लायक हुन्छ। यसमा चिल्लो पदार्थको मात्रा अत्यन्तै कम हुन्छ । प्रचुर मात्रामा रेशादार पदार्थ,भिटामिन ए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्ने’सियम लगायत शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु घिरौ’लामा पाइन्छ ।

यस्ता छन् घिरौलाका फाइदा :१. शरीरमा रहेका विशाक्त वस्तुहरुलाई हटाई रगत शुद्ध गर्ने र कलेजो स्वस्थ राख्न मद्दत गर्छ ।२. रगतका नलीहरु बन्द हुनबाट बचाउनुका साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ ।

३. जन्डि’स जस्तो बिमारीको हकमा पनि यसले फाइदा गर्छ । ४. चिल्लो पदार्थ तथा कोले’स्टेरोल मात्रा न्यून हुने हुनाले यसले मोटो’पना कमी गर्न पनि सहयोग गर्छ ।५. पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन ।

६. यसमा रहेको इन्सु’लिन जस्तो पदार्थले रगत र पिसाबमा रहेको चिनीको मात्रालाई घटाउन मद्दत गर्छ । ७. यसमा रहेको बेटा क्यारो’टिनले आँखाको दृष्टि बढाउन मद्दत गर्छ ।८. यसको प्रयोगले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डी’फोर

जस्ता संक्र’मण हुनबाट बचाउँछ ।९. यसको नियमित प्रयोगले पेटमा हुने अम्लीय’पन तथा अल्सर हुनबाट बचाउँछ ।१०. यसमा एन्टिबा’योटिक एन्टिअ’क्सिडेण्ट तथा एन्टि’फंगल गुणहरु पनि रहेको हुन्छ ।

२०७८ श्रावण ३०, शनिबार २२:०२ गते 1 Minute 489 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार