२०७८ आश्विन ४ सोमबार

को’रोना खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइदिएको खुलासा ।

एजेन्सी : जर्मनीमा को’रोना भाइ’रस (को-भि’ड–१९)विरु’द्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ ।

बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिस’ल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले को’रोना वि’रुद्धको खोपको साटो नुनपानी लगाइदिएकी हुन् । उक्त घ’टना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो ।

त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फु’टाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् ।तर, प्रहरीकाे अनुस’न्धानले ८ हजारभन्दा बढीलाई को’रोना विरु’द्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ ।

फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रह’रीको ठहर छ ।को’रोना विरुद्धको साटो नुनपानी लगाएको प्रह’रीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहो¥र्‍याउन आग्रह गरेका छन् ।

उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ । तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आ’रोपलाई अस्वी’कार गरेका छन् । यस घट’नामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ ।

अहिलेसम्म यस घट’नावि’रुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन ।क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहो¥र्‍याउनका लागि तयार भएको बताइएको छ ।-एजेन्सी

२०७८ श्रावण ३०, शनिबार २२:२८ गते 1 Minute 365 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार