२०७८ कार्तिक ११ बिहीबार

खुसीको खबर ! साउदीमा रहेका नेपालीलाई, साउदीले नेपालीको लागि गर्दै छ यस्तो काम !

काठमाडौं : साउन साउदी सरकारले आफ्नो मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् या छैनन् भन्ने बारे जानकारी लिने भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै साउदीले गर्न लागेको श्रमिक सचेतना सर्वेक्षणसम्बन्धी कार्यक्रममा अनलाईन मार्फत सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेका गरेको छ ।

दूतावासका अनुसार साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा कार्यरत कामदारहरू आफ्नो अधिकार र कर्तव्यका बारेमा कति सचेत छन् भनी जान्नको लागि अनलाइन श्रमिक सचेतना सर्वेक्षण गरिरहेको

औपचारिक जानकारी प्राप्त भएको जनाएको हो । साउदी अरबमा रहेका नेपाली श्रमिकहरुले hrsd.gov.sa मार्फत् साउदी सरकारको अनलाइन श्रमिक सचेतना सर्वेक्षणमा

सहभागी हुनसक्ने दूतावासले जनाएको छ । दूतावासले कार्यक्रम कहिले हुने भन्ने केहि खुलाएको छैन् । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब चार लाख नेपाली कार्यरत रहेको बताइन्छ । -खबर हब

२०७८ श्रावण ३०, शनिबार २३:०१ गते 1 Minute 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार