२०७८ आश्विन ४ सोमबार

कतार स्थित नेपाली दूतावासको लापर’बाहीले कतार जान तयार रहेका ३४ नेपाली अल’पत्र !

काठमाडौ : कतारस्थित नेपाली दूतावासले ट्रको’इज कन्स्ट्र’कसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अल’पत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरने’शनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अल’पत्र परेका हुन् ।

दूतावासले प्रमाणिकरण गरिदिएपछि विना’माई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमा’णिकरण गरेको माग’पत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वी’कृति लिएको देखिन्छ ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रको’इज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कार’वाही गरिएको छैन ।

केहि दिनपछि विनामाई म्यानपावरले रोजगारदाता कम्पनीसँग श्रमिक पठाउने अनुमति माग्दा माग्दै सो मागपत्र अर्को म्यानपावरलाई दिएको देखिएको छ । रोजगारदाता कम्पनीले दूतावासमार्फत प्रमाणि’करण गरेर सोही डि’मान्ड स्या’रोन मेनपवारलाई पुनः ३४ श्रमिक पठाउन मागपत्र प्रमाणिकरण गरेको छ ।

स्यारोन कम्पनी र रोजगारदाता कम्पनीले पहिला नै प्रमा’णिकरण भएको मागपत्र जाँचबुझ नै नगरी अर्को म्यानपावरलाई दिर्दा कतार जान तयार रहेका ३३ श्रमिक अल’पत्र परेका छन् । विनामाई म्यानपावर कम्पनीका प्रबन्ध

निर्देशक तिर्थबहादुर गुरुङले छनोट भएर विदेश जान तयार रहेका ३३ श्रमिक अलपत्र बनाउने रोजगारदातालाई कालो सूचिमा राख्न वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् । नेपाली दूतावासले एकै प्रकृतिका मागपत्रलाई २ पटक प्रमा’णिकरण गरेर श्रमिकलाई अल’पत्र बनाएको गुरुङको भनाइ छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

२०७८ श्रावण ३१, आईतवार १८:३९ गते 1 Minute 321 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार