२०७८ आश्विन १३ बुधबार

यज्ञराज सुनुवार भन्नुहुन्छ : अफगानिस्तानमा के भयो? हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँ !

काठमाडौं : प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रक’रणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् ।

सांसद यज्ञराज सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो, त्यसको अहिले कुनै प्र’भाव नदेखिएको बताए ।

उनले भने, ‘जुन देशका नागरिकले सरकारलाई सहयोग गर्दैनन्, बाहिरको सेना र सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्नु परेको घ’टनाले पनि देखाएको छ ।’

उनले नेपालको सन्दर्भमा अहिले अमेरिकी सहयोग ‘एमसीसी’ बारे भइरहेको बहसप्रति लक्षित गर्दै भने, ‘हामी पनि एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिऊँ ।’

सांसद मोहन बानियाँले अफगानिस्तानको काबुल सहर तालिबानले क’ब्जा लिएको भन्दै त्यहाँको अमेरिकी दूतावासमा ३०० नेपाली सुरक्षामा खटिएका र उनीहरु अहिले ‘रेड जोन’ मा परेको बताए ।

‘तिनीहरु रेड जोनमा परेका छन्, त्यो कुरा नेपाल सरकारलाई थाहा छ कि छैन रु’ उनले भने । सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत प्रस्ट तथ्यांक नरहेको भन्दै उनले कटाक्ष गरे ।

२०७८ भाद्र १, मंगलवार १०:३७ गते 1 Minute 492 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार